पाटन दरबार क्षेत्रमा चीनबारे फोटो प्रदर्शनी, तस्बिरहरू
चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलनको अवसरमा फ्रेन्डस् अफ सिल्क रोड क्लब–नेपालले बिहीबार ‘चीनको अद्भुत दशक’ नामक एक दिने फोटो प्रदर्शनीको आयोजना गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गरिएको सो प्रदर्शनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै पर्यटन मन्त्री श्रेष्ठले यस प्रकारको प्रदर्शनीले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ पार्ने जिकिर गरेका थिए । त्यस्तै नेकपा मालेका महासचिव सीपी मैनालीले चीनले हासिल गरेको सफलताको बारेमा चर्चा गरेका थिए । प्रदर्शनीबाट चीनले चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रपति सी जिनपिङको नेतृत्वमा हासिल गरेको उपलब्धि र विकासबारे नेपाली जनतालाई जानकारी दिने उद्देश्य लिइएको क्लबका अध्यक्ष डा. कल्याण शर्माले बताए ।
प्रदर्शनीमा चीनको भौतिक निर्माण, ग्रामीण विकास, तिब्बतमा भइरहेको विकास, चीनको स्वास्थ्य सेवा, नेपालाई चीनको सहयोग, राष्ट्रपति सी जिनपिङका भनाई, चीनको आर्थिक विकास लगायत विषयबारे जानकारी दिइएको छ । हेरौँ केही तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण