नेटफ्लिक्सले पासवर्ड–शेयर गर्ने सब्क्राइबरहरुसँग अतिरिक्त शुल्क लिने
नेटफ्लिक्सले सन् २०२३ को सुरुदेखि पासवर्ड सेयरलाई निरन्तरता बनाउनको लागि कारबाही सुरु गर्ने बताएको छ । आफ्नो लगइन पासवर्ड शेयर गर्ने ग्राहकहरूलाई कम्पनीले अतिरिक्त शुल्क लगाउनेछ ।
नेटफ्लिक्सले पासवर्ड शेयर गर्नेहरुलाई कति अतिरिक्त पैसा तिर्नुपर्नेछ भन्ने कुरा भने सार्वजनिक गरेको छैन । तर नेटफ्लिक्सले यही कुराको परिक्षण गरिरहेको ल्याटिन अमेरिकी मुलुकमा भने पार्सवर्ड शेयर गर्ने ग्राहकहरुलाई उसले २५ प्रतिशतसम्म बढि शुल्क लिइरहेको छ ।
यो वर्ष पहिलो झण्डै २ लाख र दोस्रो त्रैमासिकमा झण्डै १० लाख ग्राहक (सब्सक्राईबर) सङ्ख्या घटेपछि यस भिडियो स्ट्रिमिङ कम्पनीले आम्दानी बढाउने विकल्पहरूमा जोड दिन थालेको छ । नेटफ्लिक्सको प्रयासले केही प्रतिफल दिएको पनि देखिएको छ । कम्पनीले दुई त्रैमासिकको गिरावटपछि तेस्रो त्रैमासिकमा भने २४.१ लाख नयाँ सब्क्राईबर थपिएको घोषणा गरेको छ । आगामी तीन महिनामा ४५ लाख नयाँ सब्क्राईबर थपिने कम्पनीको प्रक्षेपण छ ।
पासवर्ड सेयरविरुद्धको कदमका अतिरिक्त नेटफ्लिक्सले भर्खरै ‘बेसिक विथ एड्स’ घोषण गरेको छ । विज्ञापनसहित आउने यो सेवाको मुल्य विज्ञापन रहित सेवाभन्दा थोरै पर्छ । जस्तो अहिले अमेरिकामा नेटफ्लिक्सको बेसिक सेवाको ९.९९ डलर प्रति महिना रहेकोमा बेसिक विथ एड्स सेवाको ६.९९ डलर पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण