एमालेले गोरुगाडा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदा गोरुगाडा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बनेको बताएका छन् । शुक्रबार पोखरामा पाँच दलीय गठबन्धनको संयुक्त कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले एमालेले संविधान विपरित संघीय लोकतान्त्रिक व्यवस्थालाई नै धरापमा पार्न लागेपछि गठबन्धन बनेको बताए ।
‘एमालेभित्र जन आन्दोलनताका गोरुगाडा सिद्धान्त बताउँथे । नेकपा हुँदा पनि फेरि गोरुगाडा सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो,’ उनले भने, ‘यो गठबन्धन निर्वाचनमा जान मात्र हैन । आर्थिक विकास र समृद्धिका लागि आजको आवश्यकता र प्रतिगमनलाई परास्त गर्न बनेको हो ।’
उनले गठबन्धनका साझा उम्मेदवारलाई हात नकमाइ मतदान गर्न र प्रचार प्रचारमा सरिक हुन निर्देशन दिए । ‘यहाँ कतिपयले एउटा चिन्ह बाहेक अरुतिर भोट हाल्न हात कमाएको पाइयो । यस्तो कदापि होइन । माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गर्नु नै कांग्रेसको पक्षमा भोट हालेको हो । जतिबेला देशमा विषम परिस्थिति हुन्छ । हामीसँगै हिँड्नुपर्छ । एकले अर्को पार्टीलाई भोट हाल्न न हिचकिचाइ भोट हाल्नुस् ।’
उनले प्रदेशस्तरीय भेला गरेर पाँच दलका शीर्ष नेता सबै एक ठाउँमा भएको सन्देश दिन खोजेको बताए । ‘तपाईंहरु अघि बढ्नुस्, प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारलाई जिताउन लाग्नुस्,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
६ मिनेटको अन्तरमा फ्रान्सको दुई गोल, चम्किए एम्बाप्पे र डेम्बेले
-
एम्बाप्पेको सानदार गोल, फ्रान्सलाई १–० को अग्रता
-
खुलेन गोलको खाता, पहिलो हाफमा मोरोक्कोविरुद्ध अग्रता लिन चुक्यो फ्रान्स
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण