टर्कीका राष्ट्रपति एर्दोगानले आफ्ना नेतालाई भने–एउटा मात्र बच्चा किन, अरु पनि जन्माउ
टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान उनको एक सल्लाहका कारण सामाजिक सञ्जालमा आलोचनाको सामना गरिरहेका छन् । विपक्षी रिपब्लिकन पिपुल्स पार्टीका एक नेता मेहमत अली एलेबीलाई बुधबार आफ्नो ‘जस्टिस एण्ड डेभलेपमेन्ट पार्टी’मा भित्र्याउने क्रममा एर्दोगानले भनेका कुरालाई लिएर विरोध भएको हो ।
कार्यक्रममा मेहमत आफ्नी श्रीमतीसँगै आएका थिए । त्यहाँ एर्दोगानले मेहमतलाई उनका कति सन्तान छन् भन्ने प्रश्न गरे । जवाफमा, मेहमतले उनीसँग एक बच्चा भएको बताए । जवाफ सुनेपछि एर्दोगानले मेहमतकी श्रीमतीलाई थप सन्तान हुनुपर्ने सल्लाह दिए । मेहमतले आफ्नी श्रीमती पीएचडी गरिरहेकी र यो उनको करियरका लागि महत्वपूर्ण भएको बताए । जवफमा एर्दोगानले भने ,‘ बच्चा पनि महत्वपूर्ण हुन्छ । बालबालिकाको संख्या अझै बढाउनुपर्छ । हेर्नुस त कुर्दिश वर्कस पार्टीका कार्यकर्ताहरूले ५–१० अझ १५ जनासम्म बच्चा पाइरहेका छन् ।’
राष्ट्रपति एर्दोगान आफै चार सन्तानका पिता हुन् । मेहमत र उनकी श्रीमतीको एर्दोगानसँगको कुराकानीको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको छ । धेरै विपक्षी नेताहरूले एर्दोगानको आलोचना गर्दै उनको बयानलाई जातिवादी भएको आरोप लगाएका छन् । एर्दोगानले उल्लेख गरेको ‘कुर्दिश वर्कर्स पार्टी’ टर्कीको पूर्वी भेगमा बसोबास गर्ने कुर्दिस जातिको अलग देश स्थापनाको माग गर्दै लडिरहेको माक्र्सवादी सशस्त्र समूह हो । पार्टीले उसका लडाकुहरूलाई विवाह र यौन सम्बन्धमा कडा नियम राख्ने गरेको छ । एर्दोगानको सरकारले यस पार्टीलाई आतंकवादी संगठन घोषणा गरेको छ।
टर्कीका पूर्वप्रधानमन्त्री अहमद दाभुतोग्लुको फ्युचर पार्टीले पनि एर्दोगानको भनाइको आलोचना गरेको छ । सन् २०१९ मा एर्दोगानसँग छुट्टिएर अलग पार्टी बनाएका दाभुतोग्लुले एर्दोगानको टिप्पणी महिला र मानव अधिकारको अपमान भएको बताएका छन् । ‘यो देशमा जन्मने हरेक बालबालिका देशको सम्मानित नागरिक हुन् । एर्दोगानले बालबालिकामा समेत भेदभाव सिर्जना गरिरहेका छन् ,’ दाभुतोग्लुलले भने । प्रमुख विपक्षी रिपब्लिकन पीपुल्स पार्टीका सांसद सेजिन तान्रीकुलुले ट्वीट गर्दै ‘एर्दोआनको टिप्पणी महिला विरोधी र कुर्द विरोधी’ भएको आरोप लगाएका छन् ।
एर्दोगानले धेरै बच्चा पाउन प्रोत्साहन गरेको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१६ मा इस्तानबुलको एक भाषणमा पनि एर्दोगानले यस्तै विचार राखेका थिए । ‘ टर्कीको जनसंख्यालाई स्वस्थ राख्न महिलाहरूको जिम्मेवारी छ । हामीले हाम्रा सन्तानको संख्या बढाउनु पर्छ । मानिसहरू जनसंख्या घटाउने र परिवार नियोजनको कुरा गर्छन् तर मुस्लिम परिवारले यसलाई स्वीकार गर्न सक्दैनन् । हाम्रो अल्लाह र पैगम्बरले यही भनेका थिए र हामीहरु यही बाटोमा हिड्नुपर्छ ,’ एर्दोगानले भनेका थिए । धर्मनिरपेक्षतालाई निक्कै जोड दिने विश्वको एक मात्र मुस्लिम मुलुक टर्कीमा एर्दोगान धर्मप्रति नरम हुने विचार राख्छन् । टर्कीको जनसंख्या ८ करोड ४३ लाख छ ।-बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण