बँदेल पीडित कृषकले निकुञ्जबाट पाए राहत
धादिङको थाक्रे गाउँपालिका वडा नं १० का बँदेल पीडित कृषकहरुले क्षतिपूर्ति पाएका छन् । चितवन राष्ट्रिय निकुञ्जले क्षतिपुर्ति स्वरुप प्रति कृषक रु १० हजारका दरले कृषकहरुको खातामा रकम हालिदिएको छ ।
वडा कार्यालयको १७ जना कृषकहरुलाई क्षतिपुर्तिको लागि सिफारिस गरेको थियो । निकुञ्जले प्रक्रिया पुगेका कृषकहरुको खातामा रकम हाल्न सुरु गरेको हो। वडा अध्यक्ष गोकुल प्रसाद लामिछाने, स्थानीय कृषि अधिकृत राजेन्द्र रुपाखेती र थाक्रे गाउँपालिका कृषि शाखा प्रमुख सौगातजंग थापाले बँदेलले क्षति गरेको बालि निरीक्षण पश्चात् क्षतिको मुल्यांकन तयार गरी वडा कार्यालयले डिभिजन वन कार्यालय धादिङ आवश्यक पहल गरेको थियो।
डिभिजन वन कार्यालयको सहयोग र समन्वयमा चितवन राष्ट्रिय निकुन्जले बँदेलले नष्ट गरेको मकै, अदुवा लगायत बालीको क्षतिपूर्ति रकम कार्यविधिमा भए अनुसार कृषकलाई प्रदान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण