दीपावलीसँगै दिल्लीमा वायुको स्तर खराब स्थितिमा
मङ्गलबार, ०८ कात्तिक २०७९, १४ : २३
दीपावलीको अर्को बिहान नै दिल्लीको वायुको गुणस्तर खराब अवस्थामा पुगेको छ । इन्डिया गेट क्षेत्रमा स्थिति सबैभन्दा खराब रहेको छ ।
एयर क्वालिटी इन्डेक्सका अनुसार सो क्षेत्रको हावाको गुणस्तर ३२३ पुगेको हो । एसएएफएआरले पनि आज दिल्लीको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको जनाएको छ । दीपावलीका कारण वायुको अवस्था खराब भएसँगै कयौँ क्षेत्रमा पानी ट्याङ्करको मद्दतले पानी छर्किएको छ ।
दिल्लीमा प्रतिबन्ध गरिए पनि कयौँ ठाउँमा पटाका पड्काइएको थियो । उता उत्तर प्रदेशमा पनि वायुको गुणस्तरका कारण मानिसहरूले समस्या भोगिरहेका छन् । पछिल्ला वर्षहरूको तुलनामा भने यो वर्ष प्रदूषण कम भएको स्थानीयहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण