आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दीपावलीसँगै दिल्लीमा वायुको स्तर खराब स्थितिमा

मङ्गलबार, ०८ कात्तिक २०७९, १४ : २३
मङ्गलबार, ०८ कात्तिक २०७९

दीपावलीको अर्को बिहान नै दिल्लीको वायुको गुणस्तर खराब अवस्थामा पुगेको छ । इन्डिया गेट क्षेत्रमा स्थिति सबैभन्दा खराब रहेको छ । 

एयर क्वालिटी इन्डेक्सका अनुसार सो क्षेत्रको हावाको गुणस्तर ३२३ पुगेको हो । एसएएफएआरले पनि आज दिल्लीको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको जनाएको छ । दीपावलीका कारण वायुको अवस्था खराब भएसँगै कयौँ क्षेत्रमा पानी ट्याङ्करको मद्दतले पानी छर्किएको छ । 

दिल्लीमा प्रतिबन्ध गरिए पनि कयौँ ठाउँमा पटाका पड्काइएको थियो । उता उत्तर प्रदेशमा पनि वायुको गुणस्तरका कारण मानिसहरूले समस्या भोगिरहेका छन् । पछिल्ला वर्षहरूको तुलनामा भने यो वर्ष प्रदूषण कम भएको स्थानीयहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप