सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वको सबैभन्दा बढी मुस्लिम भएको देशको नोटमा हिन्दु देवताको तस्बिर किन ?

शुक्रबार, ११ कात्तिक २०७९, २० : ४९
शुक्रबार, ११ कात्तिक २०७९

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधवार भाजपा र कांग्रेसलाई चकित पार्दै भारतीय मुद्रामा हिन्दु देवता गणेश–लक्ष्मीको तस्बिर राख्न अपिल गरे । अरविन्द केजरीवालले आफ्नो उक्त अपीलमा यदि विश्वको सबैभन्दा ठुलो मुस्लिम देश इन्डोनेसियाले उसको मुद्रामा गणेशको फोटो राख्न सक्छ भने हिन्दु बहुल मुलुक भारतले किन नगर्ने भन्ने प्रश्न गरेका छन् । 

आम आदमी पार्टीका प्रमुखले इन्डोनेसियाको ८५ प्रतिशत जनसंख्या मुस्लिम र दुई प्रतिशत मात्र हिन्दु रहेको तर पनि आफ्नो मुद्रामा हिन्दु देवता गणेशको तस्बिर राखेको बताएका छन् । बुधवार बिहान करिब ११ बजे अरविन्द केजरीवालले यो विषय उठाएका थिए । त्यसपछि यो मुद्दा टिभी च्यानलदेखि सामाजिक सञ्जाल र इन्टरनेटसम्म बहसको विषय बनेको छ । गुगल ट्रेन्ड्सका अनुसार केजरीवालको उक्त बयान दिएको पत्रकार सम्मेलनपछि ‘इन्डोनेसियाको मुद्रा’ को खोजीमा ठुलो वृद्धि भएको छ । भारतीय इन्टरनेट प्रयोगकर्ताहरूले इन्डोनेसियाली मुद्रामा हिन्दु देवता गणेशको तस्बिर हुनुको कारण खोजेको देखिन्छ । 

आखिर इन्डोनेसियाली नोटमा हिन्दु देवताको तस्बिर किन ?

बिबिसीको खोजमा इन्डोनेसियाले सन् १९९८ मा एउटा खासमा थिममा हिन्दु देवता गणेशको फोटो रहेको नोट जारी गरेको पत्ता लागेको छ । यो नोट हाल चलनमा छैन । सामाजिक सञ्जालमा भाइरल भइरहेको गणेशको तस्बिर रहेको इण्डोनेशियाली नोटको तस्बिरलाई ध्यान दिएर हेर्नुभयो भने एकातिर हिन्दु देवता गणेश र एक व्यक्तिको तस्बिर देखिन्छ । अर्कोतर्फ केही बालबालिका पढ्दै गरेको तस्बिर देखिन्छ । बिबिसी इन्डोनेसिया सेवासँग आबद्ध वरिष्ठ पत्रकार अस्तुदेस्ट्रा अजेन्ग्रस्त्रीका अनुसार ‘इन्डोनेसियाले आफ्नो मुद्रँमा हिन्दु देवता गणेशको तस्बिर राखेर देशको सांस्कृतिक विविधता देखाउन खोजेको’ बताइन् । 

‘सन् १९९८ मा जारी गरिएको गणेश अंकित नोटको थिम शिक्षा थियो । इन्डोनेसियामा गणेशलाई कला, बुद्धि र शिक्षाका देवता मानिन्छ । यहाँका धेरै शैक्षिक संस्थाहरूमा गणेशजीको छवि पनि प्रयोग गरिन्छ ।’ नोटमा इन्डोनेसियाको राष्ट्रिय नायक ‘की हजार देवन्तरा’ को तस्बिर पनि छ । यो देश डेनमार्कको उपनिवेश भएको युगमा उनले इन्डोनेसियालीहरूको शिक्षाको अधिकारको लागि लडेका थिए । त्यसबेला धनी र डच समुदायका बालबालिकालाई मात्र विद्यालय जान दिइने बेला उनले सबैको शिक्षाको पक्षमा अभियान चलाएका थिए ।

तर, इन्डोनेसियाको बाली टापुमा रहेको हिन्दु मन्दिरको तस्बिर रहेको मुद्रा भने अझै पनि इन्डोनेसियामा प्रचलनमा छ । अस्तुडेस्ट्राले यसको पुष्टि गर्दै भनेका छन् ,‘ पचास हजार रुपैयाँको नोटमा बालीको मन्दिरको तस्बिर छ । बालीमा हिन्दु समुदायको बाहुल्यता छ ।’ इण्डोनेशियाको एक नोटमा हिन्दु धर्मका प्रतीक रहेको सही भए पनि अन्य नोटमा  अन्य धर्म र समुदायका प्रतीकलाई स्थान दिइएको छ । 

मुस्लिम बहुल इन्डोनेसियामा किन लोकप्रिय छन् हिन्दु देवता गणेश ?

इन्डोनेशियाको बाली टापुमा बसोबास गर्ने ९० प्रतिशत जनसंख्या हिन्दु भए पनि हिन्दूहरु इण्डोनेशियाभर छरिएका छन् । समग्र इण्डोनेशियामा हिन्दुको जनसंख्या दुई प्रतिशत छ । इन्डोनेसियाको समाज र संस्कृतिलाई हेरियो भने धेरै क्षेत्रमा इन्डोनेसियाको हिन्दु इतिहासको झलक देखिन्छ । इन्डोनेसियामा विगतमा धेरै हिन्दु राजवंशहरूले शासन गरेका छन् । सातौंदेखि १६ औं शताब्दीको बीचमा इन्डोनेसियामा शासन गर्ने अधिकांश राजाहरू हिन्दु–बौद्ध थिए । तिनमा मजापहित साम्राज्य र श्री विजया साम्राज्य तिनीहरूमध्ये सबैभन्दा ठुलो थियो । त्यस अवधिमा इन्डोनेसियाली टापुहरू हिन्दु धर्म फैलिएको थियो ।  टापुमा हिन्दु धर्मसँगै संस्कृत भाषा पनि उलेख्य प्रयोग हुन्थ्यो । 

यस लामो इतिहासको छाप अहिलेको इन्डोनेसियामा पनि देखिन्छ । इन्डोनेसियाको राष्ट्रिय प्रतीक गरुड हो, जुन प्रत्यक्ष रूपमा हिन्दु पौराणिक ग्रंथहरूसँग सम्बन्धित छ । रामचरित मानसका अनुसार सीतालाई श्रीलंकाबाट फर्काउन गरुड पक्षीले रामलाई सहयोग गरेको थियो । इन्डोनेसियाली हवाई सेवा नाम पनि गरुडा एयरलाइन्स हो, जसको लोगोमा पौराणिक चरा गरुडको छवि पनि प्रयोग गरिएको छ । त्यस्तै इन्डोनेसियाको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरू मध्ये एक, बान्डुङ्ग इन्स्टिच्युट अफ टेक्नोलोजीमा गणेशको चित्र अंकित लोगो प्रयोग गरिन्छ । 

यससँगै इन्डोनेसियाको एक ठाउँमा सन् १९६१ देखि लगातार रामायण मञ्चन भइरहेको छ । हिन्दूसँगै अन्य धर्मका मानिसहरू पनि रामायणसँग जोडिएका पात्रहरू खेल्न लागेका छन्, यसका साथै इन्डोनेसियामा हिन्दु नाम पनि प्रचलित छ । जबकि इण्डोनेशिया २३ करोड मुस्लिम जनसंख्या भएको विश्वमा सबैभन्दा बढी मुस्लिम भएको देश हो । २१ करोड मुस्लिम जनसंख्यासहित पाकिस्तान दोस्रो र भारत २० करोड मुस्लिम जनसंख्यासहित तेस्रो स्थानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप