पोल्याण्डले कम्युनिस्ट शासनको समयका ४ स्मारक हटायो
पोल्याण्डले दोस्रो विश्वयुद्धपछि रुसी लाल सेनाको सम्मानमा बनाइएका चार स्मारक हटाएको छ । पोल्याण्डले रुसको युक्रेनमाथि जारी राखेको युद्धको विरोधका साथसाथै दोस्रो विश्वयुद्धपछि उसको मुलुकमा मस्कोको अधिपत्य जनाउने स्मारक हटाउने अभियान अन्तर्गत यी स्मारक भत्काएको बताएका छ ।
बिहीबार श्रमिकहरूले क्रेनको सहारामा पोल्याण्डका फरक–फरक चार स्थानमा रहेका यी १९४५ का स्मारकहरू नष्ट गरेका थिए । यी स्मारक भत्काउने निर्णय राष्ट्रिय पुरातात्विक संस्थानका प्रमुख करोल नवरोकीले गरेका थिए । उनले यी स्मारकहरू आफ्नै नागरिक र अन्य मुलुकका नागरिकलाई दास बनाउने र हत्या गर्ने दोषी प्रमाणीको हिस्सा रहेकाले भत्काउनुपरेको बताए ।
‘सन् १९४५ मा सोभियत फौजले मुक्ति गरेनन् आफूसँग अर्को कैद ल्याए । उनीहरुले पोल्याण्ड कब्जा गर्दै यसलाई खराब व्यवहार गरे,’ नवरोकीले भावनात्मक भाषणमा भने । पोल्याण्डमा सन् १९८९ मा कम्युनिष्ट शासनको अन्त्य भएदेखि नै पोल्याण्डले सोभियतकालीन वर्चस्व सम्झाउने प्रतीकहरूलाई सार्वजनिक स्थानबाट हटाउँदै आएको छ ।
यस वर्ष रुसले युक्रेनमा आक्रमण गरेपछि पोल्याण्डले युक्रेनको रुस विरुद्धको संघर्षलाई राजनीतिक, सैन्य र आर्थिक रूपमा समर्थन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण