राष्ट्रपतिमा पराजित बोल्सोनारोको समर्थनमा प्रदर्शन जारी
ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारोको समर्थनमा ट्रक चालक र अन्य प्रदर्शनकारीहरूले राजमार्ग अवरुद्ध गरेका छन् । सोमबार सम्पन्न निर्वाचनमा पराजय चाखेका बोल्सोनारोको समर्थकहरुले लगातार दोस्रो दिन मंगलबार राजमार्ग अवरुद्ध गरेका हुन् । निर्वाचनमा वामपन्थी नेता लुइज इनासिओ लुला दा सिल्भा विजयी भएका छन् । अर्कोतर्फ बोल्सोनारोले आफ्नो पराजय स्वीकार गरेका छैनन् ।
ब्राजिलका २७ राज्यमध्ये २३ राज्यमा २५० भन्दा बढी अवरोध खडा गरिएका संघीय राजमार्ग प्रहरी (पीआरएफ)ले जनाएको छ । सोमबार राति प्रदर्शनकारीले देशको मुख्य अन्तर्राष्ट्रिय हव साओ पाउलोको गुआरुलहोस विमानस्थलबाहिरको सडक अवरोध गर्दा उडानहरू रद्द भएका थिए । त्यसपछि यी प्रदर्शन तितरवितर भएका छन् ।
रियो दि जेनेरियोलगायतका प्रमुख सहर जाने मार्ग पनि अवरोध भएका थिए । ‘साओ पाउलोको एउटा पुलमा ‘लुला चाहिँदैन’ लेखेको ब्यानर टाँसिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण