गर्भवती सेरेना विलियम्यको नग्न फोटोसुटः अन्य को–को सेलिब्रिटीले गराए ?
टेनिसकी चर्चित खेलाडी सेरेना विलियम्स अहिले गर्भवती छिन् । पछिल्लो समय उनले भ्यानिटी फेयर म्यागजिनको अगस्ट महिनाको अंकका लागि नग्न फोटोसुट गराएकाले चर्चामा छाएकी छिन् ।
जनवरीमा अष्ट्रलियन ओपन सुरु हुनुभन्दा पहिले सेरेनालाई उनी र रेडिटका सह संस्थापक एलेक्सिस ओहानियन पहिलो सन्तान एक्सपेक्ट गरिरहेका छन् ।
प्रशिक्षणको क्रममा कोर्ट बाहिर स्वास्थ्य खराब भएपछि मात्र आफू गर्भवती भएको कुरा थाहा भएको उनले पत्रिकालाई जानकारी दिइन् । उनका साथीहरुलाई उनी गर्भवती भएको शंका लागेपछि उनीहरुको सल्लाह अनुसार परिक्षण गराएको उनले बताइन् ।
भित्री वस्त्रका लागि फोटोसुट गराइरहेका बेला उनको गर्भ परिक्षणको नतिजा आएको र आफू गर्भवती भएको थाहा पाएपछि उनी स्तब्ध भएको बताइन् ।
गर्भवती हुँदा दिमागमा आएको कुरा स्मरण गर्दै उनले भनिन्, ‘हे भगवान्, यस्तो हुन सक्दैन । मैले त एक प्रतियोगितामा भाग लिनु छ । मैले कसरी अष्ट्रेलियन ओपन खेल्न पाउँछु । मैले त यस वर्ष विंबलडन जित्ने योजनासमेत बनाइसकेकी छु ।’
सेरेनाका अनुसार उनी त्यतिबेला अष्ट्रेलियाको एक होटलमा बसेकी थिइन् । उनकी साथी जेसिका होटलको केमिस्ट शपमा गइन् । उनले पाँच अन्य टेस्ट किट खरिद गरिन् ता कि सेरेनाले आफू वास्तविक रुपमा नै गर्भवती भएको विश्पास होस् । सबै नतिजा सकारात्मक आए ।
आशाः
सेरेनालाई आशा छ कि उनी अर्को वर्षको जनवरीसम्म व्यवसायिक टेनिसमा फिर्ता हुनसक्छिन् ।
केही समय अघि टेनिस स्टार जोन म्याकेनरोको बयान पछि सेरेनाले ट्वीट गरेर आफ्नो बचाउ गरेकी थिइन् ।
सात पटकको ग्रान्ड स्ल्याम च्याम्पियन म्याकेनरोले अमेरिकामा एनपीआर रेडियोसँगको कुराकानीमा भनेका थिए, ‘यदि उनी मेन्स सर्किटमा खेल्छिन् भने उनले संघर्ष गर्नुपर्छ र उनी संसारमा ७ सयौं नम्बरको खेलाडीजस्तै हुनेछिन् । किनभने यो पूर्ण रुपमा एक भिन्न मुद्दा हुनेछ ।’
उनको अभिव्यक्तिमाथि सेरेनाले ट्वीट गरिन्, ‘डियर जोन । म तपाईंको सम्मान गर्छु तर कृपया तपाईं आफ्नो बयानबाट मलाई टाढै राख्नुहोस् जुन तथ्यमा आधारित छैन । मैले कहिले पनि त्यहाँका यति र्याङ्किङ भएको कुनै खेलाडीसँग खेलेकी छैन र मसँग समय पनि छैन । मेरो र मेरो गोपनीयताको सम्मान गर्नुहोस् । म गर्भवती छु ।’
Dear John, I adore and respect you but please please keep me out of your statements that are not factually based.
— Serena Williams (@serenawilliams) June 26, 2017
I've never played anyone ranked "there" nor do I have time. Respect me and my privacy as I'm trying to have a baby. Good day sir
— Serena Williams (@serenawilliams) June 26, 2017
३५ वर्षीया सेरेना विलियम्सले कूल ३९ ग्रान्ड स्ल्यामको उपाधि जितेकी छिन् जुन आफैंमा एक रेकर्ड हो ।
विलियमको पोज डेमी मोरसँग प्रभावित छ जसले सन् १९९१ मा भ्यानिटी फेयरको कभरका लागि गर्भवती भएका बेला नग्न फोटोसुट गराएकी थिइन् ।
त्यसपश्चात् विभिन्न सेलिब्रिटीले आफ्नो ‘बेबी बम्प’ देखाउँदै फोटोसुट गराएका छन् ।
गत फेब्रुअरीमा बियोन्सेले इन्टाग्राममार्फत आफू गर्भवती भएको खबर सार्वजनिक गरेकी थिइन् । उनले नग्न पेट देखाउँदै आफूले जुम्ल्याहा सन्तानलाई जन्म दिन लागेको कुराको जानकारी दिएकी थिइन् ।
यस्तै नायिका नाटाली पोर्टम्यानले भ्यानिटी फेयरको जनवरी अंकका लागि बेबी बम्प देखाउँदै फोटोसुट गराएकी थिइन् ।
सन् २०१६ को जुनमा एलानिस मोरिसेटले स्विमिङ पुलमा तैरिँदै फोटोसुट गराएकी थिइन् ।
साथै, सन् १९९९ जुन महिनामा सिन्दी क्रफर्डले सात महिनाको गर्भवती हुँदा डब्लू म्यागजिनका लागि फोटोसुट गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण