ब्राजिल चुनाव : बोल्सोनारोले तोडे मौनता, स्वीकार गरेनन् पराजय
ब्राजिलका वर्तमान राष्ट्रपति जायर बोल्सोनारोले हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजालाई आत्मासाथ गर्न अस्वीकार गरेका छन् । यस निर्वाचनमा ब्राजिलका पूर्व राष्ट्रपति लुला डा सिल्भा विजयी भएका छन् ।
निर्वाचनको नतिजा नआउन्जेलसम्म यी दुई नेतामध्ये को–को राष्ट्रपति पदमा उक्लने भन्ने स्पष्ट थिएन । अन्त्यमा लुला डा सिल्भाले ५०.९ प्रतिशत र बोल्सोनारोले ४९.१ प्रतिशत मत प्राप्त गरे । हारपछि बोल्सोनारोले अहिलेसम्म मौन धारण गरेका थिए, जुन उनले केही घण्टाअघि तोडेका छन् । तर त्यसमा बोल्सोनारोले यस चुनावमा आफ्नो हार स्वीकार गरेनन्। तर, आशंका गरिए जस्तै उनले निर्वाचनको नतिजालाई भने चुनौती दिएनन् ।
बोल्सोनारोको दुई मिनेटको छोटो भाषणपछि उनका चिफ अफ स्टाफले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु हुने बताएका छन् । बोल्सोनारोको भाषणपछि ब्राजिलको सर्वोच्च अदालतले पनि एक विज्ञप्ति जारी गर्दै सत्ता हस्तान्तरणलाई स्वीकृति दिएर उनले निर्वाचनको नतिजा स्वीकार गरेको बताएको छ ।
लुला दा सिल्भाको जितपछि ब्राजिलको अवस्था निकै संवेदनशील छ । बोल्सोनारोका समर्थकहरूले ब्राजिलका दुई दर्जनभन्दा बढी राज्यमा सडक अवरुद्ध गरेका छन्। धेरै ठाउँबाट आगजनीका रिपोर्टहरू आइरहेका थिए जसका भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा देखिएका छन्।
बोल्सोनारोले यसअघि एक पटक भनेका थिए कि भगवानले मात्र उनलाई सत्ताबाट हटाउन सक्छन् । यससँगै उनले प्रमाण नदिई मतदान प्रक्रियामा प्रश्न उठाएका थिए । जसका कारण उनको मौनतालाई लिएर सबै आशङ्का गरिरहेका थिए ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण