बँदेल मार्न थापेको पासोमा परेर शरद र रोशनीको मृत्यु
दाङको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतराको बँदेल मार्न थापेको पासोमा परेर ज्यान गएको छ । आइतबार पत्रकार सम्मेलन गरेर जनकल्याण सामुदायिक वनमा बँदेल मार्न पासो थाप्ने ४ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
असोज २७ मा आरोपीहरूले पासो थापेको र भोलिपल्ट हेर्न जाँदा शव देखेर सवैजना मिलेर व्यवस्थापन गरेको अनुसन्धानबाट थाहा भएको लुम्बिनी प्रदेशका डिआईजी नलप्रसाद उपाध्यायाले रातोपाटीलाई बताए । ‘आरोपीहरूले असोज २८ मा सल्लाहमा शव व्यवस्थापन गरेको देखिन्छ’ डिआईजी उपाध्यायाले भने–‘जंगलमा खुल्ला तारमा करेन्ट जोडेर पासो थापेर छाडेको अनुसन्धानबाट थाहा भएको छ ।’
पासो थापेको आरोपमा पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ बस्ने ३९ वर्षीय गणेश भन्ने हरिश चन्द्र पौडेल, ३८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिम बहादुर बुढा र प्रकाश भन्ने अमर राज कार्की छन् । घटना अनुसन्धानको क्रममा ७० जनासँग अप्रत्यक्ष रुपमा र ४ सय ८७ जनालाई निगरानीमा राखेर सूक्ष्म अनुसन्धान गरिएको दाङका एसपी बीर बहादुर ओलीले जानकारी दिए ।
चिकित्सकले दिएको क्लु
फरेन्सिक चिकित्सकले दिएको क्लुको आधारमा अनुसन्धान अधिकृतहरू पासो थाप्नेहरुम्म पुग्न सफल भएका छन् । घटनास्थलमा गएकी फरेन्सिक विज्ञ विभुति शर्माले मृतक किशोर किशोरीको ‘खुट्टामा करेन्ट लागेको’बारे प्रहरीलाई जानकारी गराइन् । त्यसपछि अनुसन्धान अधिकृतहरूले बँदेल मार्ने टोलीबारे अनुसन्धान सुरु गरेको थियो ।
‘पासो थाप्ने मध्येका एकजनालाई पक्राउ गरेर सोधेपछि उनले स्विकारे’ घटना अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले भने–‘त्यसपछि थप ३ जनासम्म पुग्न हामी सफल भयौँ ।’ पासोमा पहिला रोशनी परिन् । शरद र रोशनी प्रेममा थिए । रोशनीलाई बचाउन खोज्दा पासोमा परेर शरदको पनि मृत्यु भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


