पीएम कप : मधेश प्रदेश सेमिफाइनलमा
मधेश प्रदेश प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा बागमती प्रदेशसँगको ‘म्याच टाइ’ भएपछि मधेश प्रदेश सेमिफाइनलमा पुगेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मधेशले दिएको १९१ रनको लक्ष्य पछ्याएको बागमतीले ४९ ओभर २ बलमा अलआउट हुँदै १९० रन जोडेको थियो ।
अन्तिम ओभरमा एक रन जोड्न नसक्दा बागमती जितबिहिन हुँदै बाहिरिएको हो । बागमतीका लागि पृथु बास्कोटाले ४० रन जोडे । त्यस्तै रित गौतमले ३२ रन बनाउँदा इशान पाण्डेले ३१ रन जोडे । मधेशका राजेश यादव र प्रदीप पासवानले तीन÷तीन विकेट लिए । त्यस्तै रुपेश सिंहले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ४६ ओभर २ बलमा अलआउट हुँदै १९० रन बनाएको थियो । मधेशका लागि रोहन बिकले ६३ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै सन्तोष कार्कीले २३ रन बनाउँदा कप्तान हरिशंकर कार्कीले १३ रनको योगदान गरे ।
बागमतीका नन्दन यादव र सुर्य तामाङले तीन÷तीन विकेट लिए । रामनरेश गिरी र सूर्य तामाङको नाममा दुई/दुई विकेट हात पारे । बराबरीसँगै समूह ‘बी’ को मधेशले अन्तिम खेलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । मधेस ५ अंक जोडेर दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण