डोटी भूकम्पमा परेका दुई जना बेपत्ता
बुधबार, २३ कात्तिक २०७९, ०९ : ०२
डोटी स्थित खप्तडबाबा नेशनल पार्क केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर दुई जना बेपत्ता भएका छन् । पुर्वी चौकी गाउँपालिका–३ स्थित गैरीगाउँका २ जना बेपत्ता भएको र उनीहरुको खोजी भइरहेको सैनिक प्रवक्ता (सहायक रथी) नारायण सिलवालले रातोपाटीलाई बताए ।
बेपत्ताहरुको खोजीमा नेपाली सेनाको भैरव गणको प्लटुङ्ग अपरेटि वेशबाट उद्धार टिम परिचालन गरिएको छ । ५ जना गम्भीर घाइतेको डोटी अस्पतालमा उपचार हुँदै छ । ३ जना सामान्य घाइते भएका छन् ।
गए राति ६ दशमलव ६ म्याग्नेच्यूडको भुकम्प जाँदा सो गाउँका ८ घर भत्किएका छन् । घटनास्थलमा टेण्ट र खाद्य सामग्री लगिएको छ । थप राहत र उद्धारका लागि सुर्खेत र धनगढीमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको सैनिक प्रवक्ता सिलवालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनको प्रभाव : सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना
-
आज संघीय संसद्का तीन संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन गरिँदै
-
दिगो कृषिमा जापानी प्रविधि भित्रिँदै
-
सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण