पाकिस्तानले सन् १९९२ मा खराब सुरुवात हुँदा पनि जितेको थियो विश्वकप
क्रिकेट एक अनिश्चित खेल भनेर जानिन्छ । क्रिकेटमा कति बेला के हुन्छ भन्ने एकिन गर्न सकिँदैन । पाकिस्तानका लागि पनि विश्वकप क्रिकेटका दोस्रो पटक खराव सुरुवातका बाबजुद पनि सेमिफाइनलमा पुगेको छ ।
पाकिस्तान सन् २००७ को टी–ट्वान्टी विश्वकपमा पनि हारबाट सुरु गरेर फाइनलसम्म पुगेको थियो । सन् १९९२ को एकदिवसीय विश्वकप क्रिकेटमा हारबाट सुरु गरेर एकदिवसीय विश्वकप जितेको थियो । सन् १९९२ को विश्वकप अष्ट्रेलियामा भएको थियो । इमरान खानको कप्तानीमा पाकिस्तानले समूह चरणमा कूल आठ खेल खेल्यो ।
पहिलो खेलमा नै पाकिस्तान वेस्ट इन्डिजसँग ८ विकेटले हारेको थियो । दोस्रो खेलमा पाकिस्तानले जिम्बावेलाई हरायो । तेस्रो खेलमा इङ्ल्यान्डसँग पाकिस्तान ७४ रनमा अल आउट हुँदा वर्षाले खेल रोकियो । पाकिस्तानले एक अंक बटुल्यो । त्यसपछि पाकिस्तान लगातार तीन खेलमा पराजित हुन पुग्यो । भारतसँग ४३ रनले पराजित हुँदा दक्षिण अफ्रिकासँग २० र अष्ट्रेलियासँग ४८ रनको हार ब्यहोर्याे ।
त्यसपछि तीन खेलमा जित निकालेको पाकिस्तान सेमिफाइनलमा पुग्न सफल भयो । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउँदै फाइनलमा इङ्ल्यान्डलाई हराउँदै उपाधि जित्यो । यता सन् २००७ मा पनि पहिलो खेलमा स्कटल्यान्डसँग ५१ रनले जितेको पाकिस्तानले त्यसपछि भारतसँग हार ब्यहोर्यपनि फाइनलमा भेट पक्का गरेको थियो ।
सन् २००९ मा पनि पाकिस्तानले दुई खेलमा हार व्यहोर्दा पनि विश्वकप जित्न सफल भयो । पाकिस्तान पहिलो खेलमा नै इङ्ल्यान्डसँग पराजित भएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्समाथि जित निकाल्दा तेस्रो खेलमा श्रीलंकासँग हारेको थियो । त्यसपछि पुनरागमन गर्दै फाइनलमा नै श्रीलंकालाई हराएर विश्वकप जित्न सफल भएको थियो ।
सन् २०१७ को च्याम्पियन ट्रफीको पहिलो खेलमा भारतसँग हारेको पाकिस्तानले फाइनलमा भारतलाई हराएर उपाधि जित्न सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण