इमरान खानको मेडिकल रिपोर्ट उपलब्ध नगराएपछि....
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इमरान खानमाथि भएको आक्रमणको छानबिन गर्न न्यायिक आयोग गठन गर्न देशको सर्वोच्च अदालतका प्रधानन्यायाधीश अमर अता बन्डियाललाई आग्रह गरेका छन् । गत बिहीबार पाकिस्तानी पञ्जाबको वजिराबाद क्षेत्रमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली हानिएको थियो । इमरान खानले लाहोरदेखि इस्लामावादसम्म सरकार विरोध मार्चको नेतृत्व गरिरहेको समय उनीमाथि गोली हानिएको थियो ।
आक्रमणपद्धि खानको लाहोरको एक अस्पतालमा शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहँदा खानले आफूमाथि प्रधानमन्त्री, गृहमन्त्री र सेनाका एक जनरलको योजनामा आक्रमण भएको आरोप लगाएका थिए । यी सबैले इमरान खानको आरोपलाई अस्वीकार गरेका छन् ।
प्रधानमन्त्रीको पत्र
प्रधानन्यायाधीश बन्डियाललाई पत्र लेखेर प्रधानमन्त्री सरिफले सर्वोच्च अदालतका वर्तमान न्यायाधीशहरूको नेतृत्वमा खानमाथिको आक्रमणको छानबिन गर्न आग्रह गरेका छन् । आफ्नो पत्रमा प्रधानमन्त्री शहबाज शरीफले आक्रमणपछि एफआईआर दर्ता गर्न ढिलाइ भएकोदेखि विभिन्न प्रश्न उठाएका छन् ।
उनले पञ्जाबमा खानकै पार्टीको सरकार छ र त्यहाँको सरकार अधिनका एजेन्सीहरूले आक्रमणपछि अनुसन्धानमा पालना गर्नुपर्ने नियम उल्लंघन गरे । शहबाज सरिफले एक कार्यक्रममा इमरान खानमाथिको भएको आक्रमणको लागि पन्जाब सरकारमाथि प्रश्न उठाएका छन्, ‘यस विषयमा तुरुन्तै एफआईआर किन दर्ता गरिएन पञ्जाब सरकारलाई सोध्नुहोस् । त्यहाँ मेरो होइन, तिनको शासन छ । आईजी उनीहरूकै छन्, गृहसचिव उनीहरुकै । गोली चारवटा थियो की आठवटा...त्यो कुरा सरकारलाई बताइयोस् ।’
प्रधानमन्त्री शरिफले आक्रमणको यत्रो दिन बितिसक्दा पनि इमरान खानको मेडिकल रिपोर्ट, फरेन्सिक परीक्षण प्रशासनलाई उपलब्ध नगराइएको बताए । उनले पञ्जाब सरकारले यस मुद्दाको राम्रोसँग अनुसन्धान नगरेको र यसका कारण प्रमाणमा छेडछाड हुन सक्ने आरोप लगाएका छन् । न्यायिक छानबिन आयोग कहिले गठन हुन्छ भन्ने कुरा भने स्पष्ट भइसकेको छैन ।
इमरान खानले यस निर्णयको सशर्त स्वागत गरेका छन् । उनले प्रधानमन्त्री, गृहमन्त्री र उनले आरोप लगाएका जनरल पदमा रहेसम्म स्वतन्त्र छानबिन हुन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण