पाकिस्तानसँग फाइनल खेल्ने भारतको लक्ष्य पूरा होला ?
आईसीसी टी–ट्वान्टी विश्वकपमा आज बिहीबार दोस्रो सेमिफाइनल खेलमा भारत र इङ्ग्ल्यान्ड भिड्दैछन् । एक–एक पटकका च्याम्पियन दुवै टोली आजको खेलमा जित निकाल्दै पाकिस्तानसँगको भेट पक्का गर्ने योजनामा छन् ।
एडिलेट ओभलमा हुने भारत र इङ्ल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ । पहिलो संस्करणको उपाधि जितेको भारत दोस्रो उपाधिको नजिक पुग्न चाहन्छ । भारतले सन् २००७ मा विश्वकपको उपाधि जितेको थियो ।
भारत २०१४ को विश्वकपमा पछिल्लो पटक फाइनलमा पुगेको थियो । आजको खेलमा जित निकाल्दै भारत तेस्रो पटक फाइनलमा पुग्ने योजनामा छ ।
यता एक पटकको विजेता इङ्ग्ल्यान्ड पनि दोस्रो उपाधिको नजिक पुग्ने योजनामा छ । इङ्ल्यान्डले सन् २०१० को तेस्रो संस्करणको टी–ट्वान्टी विश्वकपको उपाधि जितेको थियो । इङ्ल्यान्ड २०१६ को विश्वकपमा फाइनल पुगेको थियो ।
भारत र इङ्ल्यान्डबीच टी–ट्वान्टी अन्तराष्ट्रियमा हालसम्म २२ खेल हुँदा भारत १२ र इङ्ग्ल्यान्ड १० खेलमा विजयी भएका छन् । पछिल्ला पाँच भेटमा भने भारत हाबी भएको छ । भारत चार खेलमा विजयी हुँदा एक खेलमा इङ्ग्ल्यान्ड विजयी भएको छ ।
विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण