फ्रान्सको विश्वकप टोली घोषणा, पोग्वा र कान्टे बाहिर
साबिक विजेता फ्रान्सले कतार फिफा विश्वकप २०२२ को लागि अन्तिम २५ सदस्यीय टोली घोषणा गरेको छ । प्रशिक्षक डिडिएर डेस्च्याम्पसले स्टार खेलाडी पाउल पोग्वा र एनगोलो कान्टेलाई बाहिर राख्दै टोली तयार पारेका हुन् । दुवै खेलाडी चोटका कारण मैदान बाहिर छन् ।
चोटबाट फर्किने प्रयासमा रहेका डिफेन्डर राफाएल भारानलाई भने टोलीमा समेटिएको छ । समूह डी मा रहेको फ्रान्सले पहिलो खेल २२ नोभेम्बरमा अस्ट्रेलियासँग खेल्नेछ । समूहमा डनमार्क र ट्युनिसिया रहेका छन् ।
फ्रान्सको टोली :
गोलरक्षक : ह्युगो लोरिस, अल्फोन्स आरिओला, स्टिभ मान्डान्डा
रक्षक : लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफाएल भारान
मिडफिल्डर : एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबीओट, ओरेलिएन चुआमेनी, जोर्डन भेरेटु
स्ट्राइकर : करिम बेन्जेमा, किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभिएर जिरुड, एन्टोइन ग्रिजमन, केलियन एमबाप्पे, क्रिस्टोफर एनकुन्कु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण