यी हुन् जोनी लिभरकी छोरी, लण्डनमा पढिन् अहिले गर्छिन् कमेडी
हास्यकलाकार जोनी लिभरले आफ्नो अन्दाजले थुप्रै दर्शक हँसाएका छन् र उनी धेरैको रुचीमा पनि पर्छन् । तर पछिल्लो थुप्रै वर्षदेखी उनी बलिउडबाट टाढा छन् । जोनी लिभरले आफूलाई टेलिभिजनबाट टाढा राखेपनि उनकी छोरी उनकै नक्सा कदममा हिँडिरहेकी छिन् र कमेडी गरिरहेकी छिन् । थाहा पाउनुहोस्, को हुन् जोनीकी छोरीः
जोनी लिभरकी छोरी जेमी लिभरले लण्डनको वेस्टमिन्स्टर युनिभर्सिटीबाट मार्केटिङ कम्युनिकेशनमा मास्टर्स गरेकी छिन् ।
सन् २०१२ मा जेमीले लण्डनमा रहेको मार्केटिङ रिसर्च एजेन्सीमा मार्केटिङ एक्जेक्युटिभको रुपमा काम गर्न सुरु गरिन् ।
यस्तै, सन् २०१३ मा उनी सोनी च्यानलमा ‘कमेडी सर्कर के बाहुबली’ मा देखिएकी थिइन् ।
त्यसपछि जेमी सन् २०१५ मा रिलिज भएको फिल्म ‘किस किसको प्यार करुँ’ मा देखिएकी थिइन् ।
आजकाल उनी ‘सबसे बडा कलाकार’ मा अभिनेता जय भानुशालीसँगै कार्यक्रम होस्ट गरिरहेकी छिन् ।
एक वेबसाइटसँग कुरा गर्दै जेमीले टेलिभिजन र फिल्ममा कदम राख्नु उनका लागि मुश्किल थिएन ।
उनी ‘जोनी लिभरकी छोरी हुन्, जसको अर्थ हाम्रो पनि छोरी हुन्’ भन्दै उनलाई थुप्रैले सहयोग गर्ने गरेको उनले बताइन् ।
स्मरण रहोस्, जेमीका जेसी नामका एक भाइ पनि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण