भियतनाममा डेङ्गुका बिरामी बढे
भियतनामको राजधानी हनोइमा डेँगुको ज्वरोका सङ्क्रमित दिन प्रतिदिन बढ्दै गएपछि उच्च सतर्कता अपनाइएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीले हनोइमा डेँगुको उच्च जोखिममा रहेको देखिएकाले यसका विरुद्धमा सतर्कता अपनाउनुपरेको बताएका हुन् ।
यहाँ केही समयमात्र अघिसम्म हप्तामा पाँचदेखि सात सयसम्म डेँगुका सङ्क्रमित देखिएकामा हाल हरेक हप्ता कम्तीमा पनि एक हजार चार सय जनामा सो सङ्क्रमण देखिएको हो । यहाँ डेँगुको ज्वरोका बिरामी हरेक हप्ता बढ्दै गएकाले हनोइ सहरमा उच्च सतर्कता अपनाउनुपरेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
उनीहरूका अनुसार यहाँ यस वर्षमात्र यहाँ दुई लाख ९२ हजार जनामा डेँगुको सङ्क्रमण भएको थियो । यस सङ्क्रमणबाट यहाँका कम्तीमा पनि एक सय १२ जनाको ज्यान गएको थियो । यहाँका स्वास्थ्य अधिकारीले भियतनामको हनोइ सहरमा यसका सङ्क्रमित बढ्दै जान थालेको र यो क्रम अहिले नै रोकिने अवस्था नदेखिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था आएको बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण