पश्चिम नेपालमा गएको भूकम्पको धक्का दिल्लीसम्म
शनिबार राति पश्चिम नेपाल केन्द्रविन्दु भएर गएको भूकम्प भारतको राजधानी दिल्लीसम्म महसुस भएको भारतीय मिडियाले लेखेका छन् । बझाङको पातादेवल केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का नेपालमा भने कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा महसुस भएको थियो ।
अल इन्डिया रेडियोले राष्ट्रिय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै उत्तराखण्डको जोशीमठबाट २१२ किलोमिटर टाढा पृथ्वीको सतहबाट १० किलोमिटर भित्रबाट आएको भूकम्पको धक्का भारतका विभिन्न क्षेत्रमा महसुस गरेको लेखेको छ ।
बीबीसी हिन्दीले सो भूकम्प झन्डै ५० सेकेन्डसम्म महसुस भएको लेखेको छ । शनिबार राती आएको भूकम्प एक साताभित्र पश्चिम नेपाल केन्द्रविन्दु भएर गएको दोस्रो भूकम्प हो । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने
-
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले माग्यो प्रमुख कार्यकारी अधिकृत, १५ दिनभित्र आवेदन दिन सकिने
-
चोटका कारण नन्दन यादव लिग २ बाट बाहिरिए
-
गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह
-
लगातार हारको शृङ्खला तोड्ने दाउमा नेपाल
-
पानीमा घिउ हालेर पिउनु कति लाभदायक ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण