शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिम नेपालमा गएको भूकम्पको धक्का दिल्लीसम्म

शनिबार, २६ कात्तिक २०७९, २१ : १३
शनिबार, २६ कात्तिक २०७९

शनिबार राति पश्चिम नेपाल केन्द्रविन्दु भएर गएको भूकम्प भारतको राजधानी दिल्लीसम्म महसुस भएको भारतीय मिडियाले लेखेका छन् । बझाङको पातादेवल केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का नेपालमा भने कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा महसुस भएको थियो । 

अल इन्डिया रेडियोले राष्ट्रिय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै उत्तराखण्डको जोशीमठबाट २१२ किलोमिटर टाढा पृथ्वीको सतहबाट १० किलोमिटर भित्रबाट आएको भूकम्पको धक्का भारतका विभिन्न क्षेत्रमा महसुस गरेको लेखेको छ । 

बीबीसी हिन्दीले सो भूकम्प झन्डै ५० सेकेन्डसम्म महसुस भएको लेखेको छ । शनिबार राती आएको भूकम्प एक साताभित्र पश्चिम नेपाल केन्द्रविन्दु भएर गएको दोस्रो भूकम्प हो । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको थियो । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप