इङ्ल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान
आइतबार, २७ कात्तिक २०७९, १३ : १५
आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनल खेलमा इङ्ल्यान्डले पाकिस्तान विरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ । बेलर्वनमा इङ्ल्यान्डका कप्तान जस बट्लरले टस जितेर बलिङ रोजेपछि पाकिस्तानले ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा पाकिस्तान जित निकाल्दै दोस्रो पटक च्याम्पियन बन्ने योजनामा छ । पाकिस्तानले सन् २००९ मा विश्वकप जितेको थियो ।
यता इङ्ल्यान्डको लक्ष्य पनि दोस्रो उपाधि हुनेछ । इङ्ल्यान्डले सन् २०१० को विश्वकप जितेको थियो । पाकिस्तान न्युजिल्यान्डलाई हराउँदै फाइनल पुगेको थियो भने इङ्ल्यान्ड भारतलाई हराउँदै फाइनल पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण