एमालेको बहुमतको सरकार आवश्यक : पूर्व मन्त्री गिरी
लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (क) का उम्मेदवार लीला गिरीले देशलाई आर्थिक रूपले सम्पन्न गर्न एमालेको बहुमतको सरकार आवश्यक रहेको बताएका छन् ।
आइतबार तिलोत्तमा–५ मा भएको घरदैलो कार्यक्रममा नेता गिरीले देशलाई समृद्ध बनाउँदै आर्थिक रूपमा माथि उठाउन एमाले नेतृत्वको बहुमत सरकार आवश्यक रहेको बताए । अहिले गठबन्धनको सरकार रहँदा आर्थिक सूचकांकहरु सबै ऋणात्मक भएको बताउँदै समृद्ध देश र आर्थिक सम्पन्नताका लागि एमालेलाई मत दिन सबै मतदातालाई आग्रह गरे ।
देशमा नयांँनयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने, उद्योगहरू स्थापनाका लागि आकर्षित गर्ने, बन्द उद्योग सञ्चालन गर्नुका साथै वैदेशिक लगानीका ठुला उद्योगहरू स्थापना गर्दै देशलाई आर्थिक रूपले सम्पन्न गर्ने योजना एमालेको रहेको बताए । आर्थिक रूपले सम्पन्न देश हुनासाथ स्वतः रोजगारी बढ्ने र विदेशमा गएका युवाहरूलाई स्वदेशमै फर्काउन सकिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण