पाकिस्तानद्वारा इङ्ल्यान्डलाई १३८ रनको लक्ष्य
आइतबार, २७ कात्तिक २०७९, १५ : ३६
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेलमा पाकिस्तानले इङ्ल्यान्डलाई १३८ रनको लक्ष्य दिएको छ । मेलबर्नमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनायो ।
पाकिस्तानका लागि सान मक्सोदले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै कप्तान बाबर आजमले ३२ रन बनाउँदा सादब खानले २० रनको योगदान गरे । इङ्ल्यान्डका लगि श्याम करनले तीन विकेट लिए । त्यस्तै आदिल राशिद र क्रिस जोर्डानले दुई–दुई विकेट लिए । त्यस्तै वेन स्टोकले एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै पाकिस्तान दोस्रो पटक विश्वपक उपाधि उचाल्ने योजनामा छ । यता इङ्ल्यान्ड पनि दोस्रो उपाधिको पर्खाइमा छ । पाकिस्तानले सन् २००९ को विश्वकप जितेको थियो भने इङ्ल्यान्डले सन् २०१० को विश्वकप जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण