रुससँग भएको खाद्यान्न सम्झौता ‘विश्वव्यापी खाद्य सुरक्षाका लागि आवश्यक’ : राष्ट्रसंघ प्रमुख
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनबाट सुरक्षित रूपमा खाद्यान्न ढुवानी गर्न रुससँग भएको सम्झौता विश्वको खाद्य सुरक्षाका लागि महत्वपूर्ण रहेको बताएका छन् ।
इन्डोनेसियाको बाली टापुमा जी–२० शिखर सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘विश्वका धेरै ठाउँमा अनिकाल र भोकमरी हुन नदिन हामीले तत्काल कदम चाल्नु आवश्यक छ । ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’ युक्रेनी तथा रूसी खाद्यान्न र मल विश्व बजारमा प्रवाहित हुन सकोस् भन्ने सुनिश्चित गर्ने प्रयास विश्व खाद्य सुरक्षाका लागि अत्यावश्यक छ ।
यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँले बालीमा हुने जी–२० शिखर सम्मेलनपछि आफ्ना समकक्षी भ्लादिमिर पुटिनलाई फोन गर्ने म्याक्रोँ निकट एक फ्रान्सेली अधिकारीले बताएका छन् ।
युक्रेनमाथिको आक्रमणका कारण पुटिन ‘एक्लो’ भएको बताउँदै ती अधिकारीले भने, ‘म्याक्रोँले जी–२० पछि उनलाई फोन गर्नुहुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण