एमाले नेता भट्टराईले मागे दीपक बोहरालाई भोट
नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा राष्ट्रियसभाका पूर्व सदस्य खिमलाल भट्टराईले दीपक बोहरालाई भोट मागेका छन् । एमाले सिद्धार्थनगर नगर कमिटीले मंगलबार भैरहवामा आयोजन गरेको कार्यकर्ता भेलामा नेता भट्टराईले भैरहवाको लागि बोहरा धर्ती पुत्र भएको भन्दै उनका लागि भोट मागेका हुन् ।
मुलुकको विकासका लागि तीन दलीय तालमेल भएको भन्दै राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरालाई जिताउन उनले आग्रह गरे । उनले भने, ‘केपी ओली जस्तै हो उमेरले जति भए पनि उहाँको सक्रियतामा कुनै कमी छैन । उनले एमाले नेतृत्वमा भएका विकास निर्माण कार्यहरू नेपाली कांग्रेसका नेताहरूले उद्घाटन गरेको पनि बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीमा निर्माण भएको सभाहल एमाले सरकारले बनाएको बताए ।
कार्यक्रममा पूर्व गृहमन्त्री तथा राप्रपाका केन्द्रीय सल्लाहकार समितिका संयोजक निरञ्जन थापाले सरकारले निष्पक्ष निर्वाचन गराउँछ कि गराउँदैन भन्ने शंका उत्पन्न भएको बताए । थापाले नेपालीले तिरेको करबाट सरकार चल्ने भएकाले उम्मेदवारले पदको दुरुपयोग गर्न नहुने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण