ओली गलिसके रिचार्ज हुन ठमेल जान्छन् : पन्त
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं प्रवास कमिटीका सह–इन्चार्ज लक्ष्मणदत्त पन्तले एमाले अध्यक्ष केपी शर्मा ओली चुनाव हारिने चिन्ताले गली सकेकाले रिचार्ज हुन ठमेल जाने गरेको बताए । गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका गठबन्धन उम्मेदवार चन्द्र भण्डारीको पक्षमा संयुक्त युवा परिचालन समितिद्वारा आयोजित चुनाव सभालाई सम्बोधन गर्दै पन्तले ओली गली सकेकाले सबैतिर बरबराउन थालेको टिप्पणी गरे ।
अहिलेको अवस्थामा मंसिर ४ गतेपछि देशैभरबाट एमाले बडारिने पन्तले दाबी गरे । ‘ओलीजीको व्यवहार र गतिविधिबाट सारा दुनियाँले एक नम्बरको गफाडी हुने भन्ने बुझि सकेका छन् र सबैले चिलिनसकेका छन्’ पन्तले भने, ‘ तर, ओली आफ्नो नयाँ अवतारमा देखिएका छन् । त्यसका प्रतिमुर्तिको रुपमा केही दिन पहिले ठमेलको एउटा डान्स वारमा मध्यरात पुगे । निर्वाचन हारिने चिन्ताले फे्रेस हुन डान्सवार पुगे ।’ ओली चुनाव हारिने भयका कारण विभिन्न फण्डा मच्चाउने गरेको पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण