मैले सात सङ्कल्प पूरा गरेँ : गहतराज
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले संसदमा निर्वाचित भएपछि सात वटा सङ्कल्प पूरा गरेको जानकारी दिएका छन् ।
पहिलो कार्यकालका लागि निर्वाचित हुँदा अथकले निर्वाचन क्षेत्रका जनतासँग महिनामा कम्तीमा २ पटक अन्तरक्रिया गर्ने, यस क्षेत्र विद्यालय भवनबाट टिनको छानो विस्थापन गर्ने, राप्ती सोनारी र नरैनापुरलाई सडक सञ्जालले जोड्ने तथा राप्ती सोनारी र नरैनापुरमा विद्युतीकरण गर्ने बाचा गरेका थिए ।
त्यस्तै जिल्लाको समग्र विकासको नेतृत्व लिने, बाँकेको पहुँच सिंहदरबारसम्म पुर्याउने र सिक्टा सिँचाइको काम अगाडि बढाउनुका साथै पूर्वी नहर निर्माण गरेर सिक्टाको पानी खेतमा पुर्याउने जस्ता सङ्कल्प गरेका थिए । गहतराजले आफूले गरेका यी सबै सङ्कल्प पूरा गरेको दाबी गरेका हुन् । गहतराज बाँके क्षेत्र नम्बर १ बाट वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण