ओलीजस्तो गफाडीलाई मत दिए देशै डुब्छ : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली जस्तो गफाडीलाई मत दिए देशै डुब्ने बताएका छन् । काठमाण्डौं क्षेत्र नम्बर २ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेपालले अपवित्र गठबन्धन बनाएका केपी ओलीलाई जनताले मत दिन नहुने जिकिर गरे ।
‘केपी ओली सत्तामा हुँदा हावादारी कुरा गरे । घर–घरमा ग्यासको पाइप लाइन जोड्ने भने । पुस १६ गते रेल आउँदैछ टिकट काटेर महाकालीमा जान आह्वान गरे’ नेपालले भने, ‘यस्ता हुने नहुने गफ हाक्ने यस्ता गफाडी यो देशको प्रधानमन्त्री हुन पुगे । अब पनि तिनै गफाडीलाई मत दिएर जितायो भने देशै डुब्छ । जनताको भविष्य चौपट हुन्छ ।’
जनताको भविष्य राम्रो बनाउने हो भने चुनावमा प्रतिगामी गठबन्धनलाई पराजित गर्नुपर्ने नेपालले बताए । ‘केपी ओलीको राजावादीसँग साँठगाँठ गर्ने गठबन्धन देश विखण्डन गर्ने गठबन्धनलाई जनताले दण्डित गर्नैपर्छ । जनताले सजाय दिनैपर्छ’ नेपालले भने । तर, आफू समेत सहभागी भएको यो सत्ता गठबन्धन पवित्र उद्देश्यले बनाएको नेपालले दाबी गरे ।
‘केपी ओली नेतृत्वको गठबन्धन अपवित्र उद्देश्यले निजी स्वार्थका लागि बनाएको हो । देशको हित गर्न होइन । देशलाई डुबाउनलाई, देशको सार्वभौम सत्तालाई आँच पुर्याउन, जनतालाई सताउन, सत्ताको दुरुपयोग गर्न र आफू मात्रै सत्ताको हालीमुहाली गर्न बनाएको हो’ नेपालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण