एमाले नेता ज्ञवालीले भ्रम छरे : सुदर्शन बराल
गुल्मी क्षेत्र नम्बर १ प्रदेश ख बाट सत्ता गठबन्धनका साझा उम्मेदवार तथा लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदीप ज्ञवालीले गर्दै नगरेका काम आफूले गरेको भन्दै जनतामा भ्रम फैलाएको आरोप लगाए । गुल्मी क्षेत्र नम्बर १ मा एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका ज्ञवालीले गर्दै नगरेका विकासका काम आफूले गरेको भनेर जनतामा भ्रम फैलाएको बताएका हुन् ।
नेता बरालले कालीगण्डकी कोरिडोरलगायतका विकास निर्माणका काम ज्ञवालीले आफ्नो पहलमा भएको भन्दै चुनावी भाषणमा समेत तीनै कुरा बोलिरहेको आरोप लगाए । उनले भने–‘ सत्य यो हो कि कालिगण्डकी कोरिडोर जनयुद्ध कालमा हामीले बम पडकाएर सुरु गरेका थियौं । तर त्यति नै काफी थिएन । कडा चट्टानका कारण त्यो योजना वर्षैांसम्म अलपत्र परेको थियो । म २०६३ सालमा अन्तरिम व्यवस्थापिका सांसदको विधेयका भएँ । लगत्तै २०६४ सालको निर्वाचनमा साबिक गुल्मी क्षेत्र नम्बर १ बाट संविधान सभा सदस्यमा निर्वाचित भएपछि कालिगण्डकी कोरिडोर नेपाली सेनालाई दिने निर्णय गराइएको हो । त्यसमा मलाई सहयोग गर्ने तत्कालीन योजना आयोगको सचिव दिपेन्द्र बहादुर क्षेत्री र सदस्य सचिव गुल्मी बाँझकटेरीका युवराज भुसाल हुनुहुन्छ । तर अहिले एमाले नेता प्रदीप ज्ञवालीले त्यसको जस आफूले लिँदै हुनुहुन्छ नि ?'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
-
माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण