दाङमा ४ लाख १५ हजार मतदाता, ४६५ मतदान केन्द्र
दाङमा चार लाख १४ हजार ९५६ मतदाता छन् । तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १५३ मतदानस्थल र ४६५ मतदमन केन्द्र छन् ।
दाङ–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि १२ जनाले उम्मेदवारी दिएका छन् । जसमा एमाले, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी, एकिकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाली कांग्रेस (बी.पी.), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र एक जना उम्मेदवार छन् ।
जसमा पुरुष उम्मेदवार सात र महिला उम्मेदवार पाँच छन् । यसैगरी समावेशी उम्मेदवारतर्फ ३३.३३ प्रतिशत खस आर्य, थारु २५ प्रतिशत र आदिवासी जनजाती ४१.६७ प्रतिशत छन् । यस क्षेत्रमा एक लाख ३४ हजार ७३३ मतदाता छन् । जसमा पुरुष ६७ हजार ६४१, महिला ६७ हजार ९१ जना र अन्यमा एकजना छन् । यस क्षेत्रमा मतदानस्थल ५१ र मतदान केन्द्र १५२ रहेको निर्वाचन आयोगले जनाएको छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण