फेक समाचार भाइरल बनेपछि कांग्रेस–माओवादीको संयुक्त वक्तव्य
अनलाइन मिडियाको दुरुपयोग गरी सत्ता गठबन्धनलाई लक्षित भ्रामक समाचारहरू सामाजिक सञ्जालमा भाइरल बनेपछि नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालयका मुख्य सचिवहरूले संयुक्त वक्तव्य जारी गरेका छन् ।
दुई पार्टीले नेपालका प्रतिष्ठित अनलाइन मिडिया समेतको दुरुपयोग गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो गराउने दुराशयले सामाजिक सञ्जालहरूमा प्रेषित सूचनाप्रति दुवै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्या विभिन्न सञ्चारमाध्यमहरूको ‘फेक’ समाचारको कटिङ भाइरल बनेका छन् । सत्तारुढ गठबन्धनलाई लक्षित गर्दै नयाँ पत्रिका, अनलाइन खबर, सेतोपाटी, रातोपाटीलगायत मिडियामा प्रेसित समाचारजस्तै देखिने गरी नक्कल गरी फेक समाचार तयार गरिएको हो ।
‘गठबन्धनमा दरार आएको’, ‘माओवादीलाई सहयोग नगर्न कांग्रेसले आन्तरिक सर्कुलर गरेको’ जस्ता फेक समाचारहरु सञ्चारमाध्यममा प्रेसितजस्तो हुबहु देखिने गरी तयार गरिएका समाचारका कटिङहरु सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यो भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशय राखेर गरिएको राजनीतिक अपराध हो । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पाँच दल लोकतान्त्रिक वाम गठबन्धनकाप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पना समेत गर्दैनन् । निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी रचिएको यो भ्रमपूर्ण षडयन्त्रले एकथरी तत्त्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको छ । यस्ता भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौँ ।’
दुराशयपूर्ण सूचना हो भन्ने जान्दाजान्दै केही राजनीतिक दलका जिम्मेवार नेता, पदाधिकारी एवं उम्मेदवार समेतले स्थिर अवधिको मूल्य मान्यता विपरीत सामाजिक सञ्जालमा शेयर गर्नु निर्वाचन अपराध समेत भएको दुई पार्टीले ठहर गरेको छ ।
यस्तो सूचनाप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई निर्वाचन अपराधका रूपमा लिएर उम्मेदवारी खारेजीसम्मको कडा कानुनी कारबाहीका लागि निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराइएको छ भने साथै अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि समेत सरकारसँग माग गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
