बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

५० रुपैयाँ थियो शाहरुखको पहिलो कमाई, २५ वर्षमा कमाए यत्ति सम्पत्ति

बिहीबार, १५ असार २०७४, १२ : ५२
बिहीबार, १५ असार २०७४

बलिउडमा शाहरुख खानको २५ वर्ष पुरा भइसकेको छ । फिल्मी क्षेत्रमा उनको जताततै वाहवाही त छँदै छ तर उनले फिल्मी जगतभन्दा बाहिर पनि जुन सफलता हाँसिल गरेका छन्  त्यो प्रशंसनीय छ ।

के तपाईंलाई थुप्रै सुपरहिट फिल्ममा अभिनय गर्ने शाहरुखले फिल्म र व्यापारबाट कतिको कमाई गरेका छन् भन्ने थाहा छ ? भारतीय सिनेमाका सबैभन्दा महँगा नायकमध्येका एक् शाहरुख खानको सम्पत्ति करिब ७ सय ५० मिलियन डलर (७७ अर्ब रुपैयाँ) बताइन्छ ।

एक पार्टीको क्रममा शाहरुख खानकी छोरीले सुहानाले लगाएको महँगो पहिरन लगाएका कारण चर्चामा आएकी थिइन् । हुन त शाहरुखसँग यति धेरै सम्पत्ति छ कि सुहानाका लागि यस्ता थुप्रै पहिरन किन्न सकिन्छ । साथै, शाहरुख खानसँग थुप्रै लग्जरी कार र मुम्बईका साथै दुबई र लन्डनमा सम्पत्ति पनि छ ।

शाहरुखको कमाई फिल्मका साथै ब्रान्ड इन्डोर्समेन्ट र लगानीबाट पनि हुन्छ । रोचक कुरा के छ भने आज करोडौंमा खेल्ने शाहरुखको पहिलो कमाई ५० भारु थियो । त्यतिबेला उनी थिएटरमा टिकट बेच्ने गर्दथे ।

शाहरुख खान रेड चिलिज इन्टरटेन्मेन्ट नामको फिल्म प्रोडक्सन कम्पनीका सह–संस्थापक पनि हुन् भने उनीसँग आइपीएलको कोलकाताको समूह पनि छ ।

बलिउड सुपरस्टार शाहरुख खान आफ्नो घर ‘मन्नत’ मा बस्छन् । उनको यो घर ६ तल्ले छ र यसमा लिभिङ रुम, गेस्ट रुमका साथै अफिस, लाइब्रेरी, जिम, इन्टरटेनमेन्ट रुम र काम पार्किङका लागि प्रशस्त स्थान छ ।

२६ हजार स्क्वायेर फिटमा बनेको यो बंगलाको मूल्य २ सय करोडको आँकलन गरिएको छ । यो घरको इन्टेरियर गौरी आफैंले गरेकी हुन् । यसमा उनले करिब ४ वर्ष लगाइन् ।

यस्तै शाहरुखसँग सबैभन्दा महँगो कार, Bugatti Veyron,१२ करोडको छ । उनीसँग बीएमडब्ल्यू पनि छ । यसका साथै उनीसँग १३ शानदार गाडी भएको बताइन्छ जसको कूल मूल्य ३१ करोड नजिक भएको बताइन्छ ।

फिल्मबाट उनको सम्पत्ति करिब ८० करोडको बताइएको छ जबकी ब्रान्ड इन्डोर्समेन्टबाट उनले करिब २२ करोड पाउँछन् ।

शाहरुखको नीजि लगानी अझ पनि रोचक छ । एक अनुमानका अनुसार यो रकम ९ सय ३० करोड भारु छ ।

यतिमात्र होइन, आय कर दिने विषयमा पनि बलिउडका रोमान्सका बादशाह अगाडि नै छन् । उनी करिब ७८ करोड भारु कर तिर्ने गर्दछन् ।

सन् २०१६ को आँकडा अनुसार शाहरुखको वर्षीक कमाई २ सय १० करोड भारु छ । यस कारण पनि उनी बलिउडका बादशाह भनिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप