मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

रुपन्देही २ मा  घण्टी अगाडि, विष्णु पौडेल दोस्रो स्थानमा

सोमबार, ०५ मङ्सिर २०७९, १७ : ०४
सोमबार, ०५ मङ्सिर २०७९

प्रतिनिधिसभातर्फ जारी मतगणनामा रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।  ३ सय मत गणना हुँदा घण्टी चिह्नका गणेश पौडेलले १२६ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८३ मत प्राप्त गरेका छन् । यसैगरी गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशब  थापाले ७८ मत प्राप्त गरेका छन् ।

१ लाख २६ हजार ८०७ मतदाता रहेको रुपन्देही २ मा ६३ प्रतिशत मत खसेको छ। एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापाबीच मुख्य प्रतिस्पर्धा ठानिए पनि सुरुवातमा घण्टी अगाडि आएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप