दाङका तीनै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता
सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका दाङका तीन वटै क्षेत्रमा अग्रता लिएका छन् । दाङ १, २ र ३ बाट सत्ता गठबन्धनका क्रमशः एकीकृत समाजवादीका मेटमणि चौधरी, माओवादी केन्द्रकी रेखा शर्मा र नेपाली कांग्रेसका दीपक गिरीले अग्रता लिएका हुन् ।
दाङ १ को कुल मत ५ हजार २८५ मत गन्दा मेटमणिले २ हजार ९९ मत, एमालेकी शान्ता चौधरीले १ हजार ३२६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १ हजार ९ मत ल्याएका छन् ।
यस्तै दाङ २ मा कुल मत १६ हजार २९ मत गन्दा माओवादीकी रेखा शर्माले ६ हजार ५६० मत, एमालेका शंकर पोखरेलले ५ हजार २०८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २ हजार ५६८ मत ल्याएका छन् ।
यस्तै दाङ ३ मा कुल मत ६ हजार १८० मत गन्दा कांग्रेसका दिपक गिरीले २ हजार ४३७ मत, एमालेकी कोमल वलीले २ हजार १४८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १ हजार ५२ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
-
बैंकक बार आगलागीमा सुरक्षामा लापरबाही भएको आशंका, अनुसन्धान तीव्र
-
स्ट्रेट अफ होर्मुजमा दुई ट्यांकरलाई निशाना बनाएको इरानको दाबी
-
अमेरिकाको मेनमा आईसीई एजेन्टको गोली लागेर कोलम्बियाली नागरिकको मृत्यु
-
किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
-
तस्बिरमा हेर्नुहोस् वर्षाका कारण नागढुंगा चेकपोस्टमा होल्ड गरिएको सवारी साधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण