अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण बिक्रीमा प्रतिबन्ध
आइतबार, ११ मङ्सिर २०७९, १० : १४
अमेरिकाले चिनियाँ कम्पनी हुवावे टेक्नोलोजी र जेडटीई कर्पोरेसनले उत्पादन गरेका सबै दूरसञ्चार उपकरणहरूको बिक्री गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।
नियामकले दुई कम्पनीहरूले ’अस्वीकार्य’ सुरक्षा जोखिम खडा गरेकोले प्रतिबन्ध गरिएको अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)ले जनाएको छ । पछिल्लो निर्णय अमेरिकी जनताको सुरक्षा गर्ने उद्देश्यले गरिएको उसले जनाएको छ ।
एफसीसी अध्यक्ष जेसिका रोजेनवर्सेलले भनिन्, ‘एफसीसी अविश्वसनीय सञ्चार उपकरणहरू हाम्रो सिमानाभित्र प्रयोगको लागि अधिकृत छैन भनी सुनिश्चित गरेर हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्न प्रतिबद्ध छ र हामी त्यो काम जारी राख्छौ ।'
उनले अगाडि थपिन्,‘यी नयाँ नियमहरू अमेरिकी जनतालाई दूरसञ्चार सम्बन्धी राष्ट्रिय सुरक्षा खतराहरूबाट जोगाउनको लागि हाम्रो चलिरहेको कार्यहरूको महत्त्वपूर्ण भाग हो । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण