४५ वर्षीया तब्बूको खुलासाः अजय देवगनका कारण अहिलेसम्म हुन सकेन विवाह !
बलिउड नायिका तब्बू ४५ वर्ष पुगिसकेकी छिन् तर अहिलेसम्म उनी अविवाहित छिन् । केही समय अघि उनले यसबारे मुख खोलेकी छिन् । उनका अनुसार अजय देवगनका कारण उनी अहिलेसम्म अविवाहित हुनुपरेको उनले खुलासा गरेकी छिन् । एक मिडियासँगको कुराकानीमा तब्बूले अजयले जे गरेका छन् त्यसको पछुतो पनि गरेका होलान् भनी आशा गरेकी छिन् ।
तब्बूले भनिन्, ‘म र अजय विगत २५ वर्षदेखि एक–अर्कालाई चिन्थ्यौं । उनी मेरा कजिन दाइ समिर आर्यका छिमेकी र निकै नजिकका साथी थिए । जब म सानो थिएँ तब समिर र अजय ममाथि कडा निगरानी राख्थे । जो पुरुष मसँग कुराकानी गर्दथे उनीहरुलाई कुट्थे । दुबैले गुण्डागर्दी गर्दथे ।’
अब अजयलाई भन्छिन्, ‘मेरो लागि केटा खोज’
रिपोर्टका अनुसार अजय आफ्नी विशेष साथीको विवाह भएको हेर्न चाहन्छन् । यसबारे तब्बूले जिस्कने मुडमा भनिन्, ‘मैले थुप्रै पटक अजयलाई मेरा लागि एक उपयुक्त वर खोजिदिन आग्रह गर्छु ।’
‘यो त हाँसोको बहाना हो । म र अजयको सम्बन्ध निकै राम्रो छ । फिल्मी उद्योगका सबै नायकमध्ये मेरा लागि सबैभन्दा विशेष अजय देवगन नै हुन् । उनी अहिले पनि निकै प्राटेक्टिभ छन् ।’
अजय र तब्बूले विजयपथ, हकिकत, तक्षक र दृश्यममा सँगै काम गरेका छन् । रोहित शेट्टीको आउँदो फिल्म ‘गोलमाल अगेन’ मा पनि सँगै देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण