ब्राजिल र दक्षिण कोरियाबीचको खेलपछि ‘स्टेडियम ९७४’ भत्काइँदै
मङ्गलबार, २० मङ्सिर २०७९, ०९ : २०
सन् २०२२ को कतार विश्वकपका लागि बनाइएका सात रंगशालाहरुमध्ये एउटा रंगशाला प्रतियोगितापछि रहनेछैन । रंगशाला ‘स्टेडियम ९७४’ ब्राजिल र दक्षिण कोरियाबीच भएको अन्तिम १६ को खेलपछि भत्काइने भएको हो ।
ठ्याक्कै ९७४ वटा सिपिङ कन्टेनर प्रयोग गरेर निर्माण गरिएको सो स्टेडियम विश्वकपकै इतिहासमा निर्माण भएको पहिलो अस्थायी रंगशाला हो । त्यस्तै कतारको अन्तर्राष्ट्रिय डाइलिङ कोड पनि ९७४ रहेको कारण यस रंगशालाको नाम ‘स्टेडियम ९७४’ राखिएको बताइएको छ ।
दोहामा बनाइएको यस रंगशालाको क्षमता ४० हजार बढी मानिस अटाउने रहेको थियो । यसमा एयर कन्डिसनिङ नभएका कारण सबै खेलहरू साँझ मात्र खेलाइएको थियो । धेरैले यस रंगशालाको डिजाइनको प्रशंसा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महँगो सामाजिक कार्य थेग्ने कसरी ?
-
कोरियाले सन् २०२५ देखि ईपीएसका लागि मागको तेब्बर बढीमात्रै आवेदन लिने
-
बागमती प्रदेशसभाको सर्वदलीय बैठक सुरु
-
युवा पलायनको कारण के हो ?
-
कपिल शर्माको ‘द ग्रेट इन्डियन कमेडी शो’ बन्द हुने
-
ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने