ब्राजिल र दक्षिण कोरियाबीचको खेलपछि ‘स्टेडियम ९७४’ भत्काइँदै
मङ्गलबार, २० मङ्सिर २०७९, ०९ : २०
सन् २०२२ को कतार विश्वकपका लागि बनाइएका सात रंगशालाहरुमध्ये एउटा रंगशाला प्रतियोगितापछि रहनेछैन । रंगशाला ‘स्टेडियम ९७४’ ब्राजिल र दक्षिण कोरियाबीच भएको अन्तिम १६ को खेलपछि भत्काइने भएको हो ।
ठ्याक्कै ९७४ वटा सिपिङ कन्टेनर प्रयोग गरेर निर्माण गरिएको सो स्टेडियम विश्वकपकै इतिहासमा निर्माण भएको पहिलो अस्थायी रंगशाला हो । त्यस्तै कतारको अन्तर्राष्ट्रिय डाइलिङ कोड पनि ९७४ रहेको कारण यस रंगशालाको नाम ‘स्टेडियम ९७४’ राखिएको बताइएको छ ।
दोहामा बनाइएको यस रंगशालाको क्षमता ४० हजार बढी मानिस अटाउने रहेको थियो । यसमा एयर कन्डिसनिङ नभएका कारण सबै खेलहरू साँझ मात्र खेलाइएको थियो । धेरैले यस रंगशालाको डिजाइनको प्रशंसा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण