राजदूत खड्काले बुझाए पोल्याण्डका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र
जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडासमक्ष गैर आवासीय राजदूतको ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।
वेलभिडीयार प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत खड्काले राष्ट्रपति डुडासमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । ओहदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजदूत खड्काले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै पोलिस जनताको शान्ति, निरन्तर प्रगति एवं सम्बृद्धिका लागि पठाएको शुभकामना सन्देश प्रस्तुत गरेका थिए।
राजदूत खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रपति, सरकार र पोलिस जनताप्रति नेपाल सरकार र नेपाली जनताको शुभेच्छा र शुभकामना समेत व्यक्त गरेका थिए । खड्काले सैनिकहरूको समाधि स्थलमा श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण तथा स्मृति पुस्तकमा हस्ताक्षर गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
ओहदाको प्रमाणपत्र पेशसंगै कुटनीतिक प्रचलन अनुसार राजदूत खड्का र पोलिस परराष्ट्र उपमन्त्री तथा विदेश मन्त्रालय स्थित एसिया प्यासिफिका निर्देशक लगायतबीच शिष्टाचार भेटवार्तामा नेपाल र पोल्याण्ड द्विपक्षीय सम्वन्धका बारेमा विचार आदानप्रदान भएको दूतावासले जनाएको छ।
जर्मनी स्थित नेपाली दूतावासको जर्मनी लगायत पोल्याण्ड, चेक गणतन्त्र, स्लोभाक गणतन्त्र, हङ्गेरी, रोमानिया, बुल्गेरिया, युक्रेन र भ्याटिकन सिटि (होली सी)समेत देशहरूमा सेवा तथा कुटनीतिक क्षेत्र पर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण