रोनाल्डोको नाममा अर्को कीर्तिमान
मोरक्कोसँग पराजित हुँदै पोर्चुगल विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएको छ । तर, खेलमा क्रिस्टियानो रोनाल्डोले भने एउटा अर्को कीर्तिमान बनाउन सफल भएका छन् । मोरक्कोविरुद्धको खेलमा मैदान प्रवेश गरेसँगै रोनाल्डोले सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानलाई बराबरी गरेका हुन् ।
अतिरिक्त खेलाडीका रूपमा रहेका रोनाल्डो खेलको ५१ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । पोर्चुगलका लागि उनको यो १९६ औँ खेल थियो । योसँगै उनले कुवेतका बदेर अल मुतावाको सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बराबरी गरेका छन् ।
रोनाल्डोले सन् २००३ मा कजाकिस्तानविरुद्ध पोर्चुगलको राष्ट्रिय टोलीका लागि डेब्यू गरेका थिए । त्यतिबेला उनी १९ वर्षका मात्र थिए । १९६ खेलमा रोनाल्डोले पोर्चुगलका लागि ११८ गोल गरिसकेका छन् । यो विश्वकपमा उनले घानाविरुद्ध गोल गरेका थिए । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता पनि हुन् । उनले सन् २०२१ मा अली देइको कीर्तिमान भङ्ग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
-
विवादित बन्यो नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा श्रेष्ठको नियुक्ति, मापदण्डसँग बाझियो
-
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण