शाहरुख भन्छन् - मुटुमा मेसी, लायक एम्बाप्पे
आइतबार बेलुकी कतारको लुसेल स्टेडियममा गत विश्वकप च्याम्पियन फ्रान्स र अर्जेन्टिना फिनाले प्रतिस्पर्धा गर्दैछन् । दुवै टिमका खेलाडी विश्वकप उचाल्नका लागि तम्तयारीका साथ लागि परेका छन् ।
स्टार फूटबलर लियोनल मेसी अन्तिम पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । फ्रान्सका युवास्टार किलियन एम्बाप्पे पनि आफ्नो खेल कौशलबाट दर्शकलाई रोमाञ्चित बनाइरहेका छन् ।
यो उच्चस्तरीय प्रतिष्पर्धालाई बलिउड अभिनेता शाहरुख खान पनि प्रतिक्षा गरिरहेका छन् । शाहरुख लियोनल मेसीका फ्यान हुन् । शाहरुखले शनिबार सामाजिक सञ्जालको आफ्नो अफिसियल ट्वीटर हेण्डलमा आस्कसरुक ट्रेण्ड चलाएर कैयौं फ्यानको प्रश्नको जवाफ दिएका थिए ।
एसजे नामका एक प्रयोगकर्ताले शाहरुखलाई ‘भोलि फिफा विश्वकप फाइनलमा तपाईं कसको समर्थन गर्दै हुनुहुन्छ ?,’ भनी सोधेका थिए ।
शाहरुखले ‘अरे यार मुटु भन्छ मेसी । तर एम्बाप्पे पनि हेर्न लायक छन्’ भनी जवाफ दिएका थिए । शाहरुख अभिनित फिल्म ‘पठान’ रिलिजको तयारीमा छ । यो फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण