शाहरुख भन्छन् - मुटुमा मेसी, लायक एम्बाप्पे
आइतबार बेलुकी कतारको लुसेल स्टेडियममा गत विश्वकप च्याम्पियन फ्रान्स र अर्जेन्टिना फिनाले प्रतिस्पर्धा गर्दैछन् । दुवै टिमका खेलाडी विश्वकप उचाल्नका लागि तम्तयारीका साथ लागि परेका छन् ।
स्टार फूटबलर लियोनल मेसी अन्तिम पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । फ्रान्सका युवास्टार किलियन एम्बाप्पे पनि आफ्नो खेल कौशलबाट दर्शकलाई रोमाञ्चित बनाइरहेका छन् ।
यो उच्चस्तरीय प्रतिष्पर्धालाई बलिउड अभिनेता शाहरुख खान पनि प्रतिक्षा गरिरहेका छन् । शाहरुख लियोनल मेसीका फ्यान हुन् । शाहरुखले शनिबार सामाजिक सञ्जालको आफ्नो अफिसियल ट्वीटर हेण्डलमा आस्कसरुक ट्रेण्ड चलाएर कैयौं फ्यानको प्रश्नको जवाफ दिएका थिए ।
एसजे नामका एक प्रयोगकर्ताले शाहरुखलाई ‘भोलि फिफा विश्वकप फाइनलमा तपाईं कसको समर्थन गर्दै हुनुहुन्छ ?,’ भनी सोधेका थिए ।
शाहरुखले ‘अरे यार मुटु भन्छ मेसी । तर एम्बाप्पे पनि हेर्न लायक छन्’ भनी जवाफ दिएका थिए । शाहरुख अभिनित फिल्म ‘पठान’ रिलिजको तयारीमा छ । यो फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रम : उच्च महत्त्वाकाङ्क्षा समेटिएको दस्तावेज
-
सडक अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राख्न माग
-
सरकारको नीति तथा कार्यक्रममा टीआरसी मुद्दाले फेरि पायो निरन्तरता
-
विद्युतीय प्रणालीमा १६ लाख ७८ हजार कृषक घरधुरी सूचीकृत
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी : १२ समूहमा छलफल
-
‘पालिका जस्तो पनि प्रदेश चलेन’