आईसीई प्रविधिमा रिलिज हुँदै पठान
गीत ‘बेसरम रंग’का कारण विवादमा तानिएको बलिउड फिल्म ‘पठान’ इमर्सिव सिनेमा एक्सपीरियन्स (आईसीई) प्रविधिमा रिलिज हुने भएको छ । यो प्रविधिमा रिलिज हुने ‘पठान’ भारतीय पहिलो फिल्म हुनेछ ।
यशराज फिल्मस्का वितरक रोहन मल्होत्राका अनुसार शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको अभिनय रहेको फिल्मको रिलिजका लागि नौलो प्रविधि प्रयोग हुन लागेको हो ।
‘पठान आईसीई फम्र्याटमा रिलिज हुने पहिलो भारतीय फिल्म हुनेछ । आईसीई थिएटर फर्म्याटमा साइड प्यानल संलग्न छ, जुन मुख्य स्क्रिनका साथ रहनेछ । यो एक पेरिफेरल भर्सन हो । यसले दर्शकलाई रंग र गीतको शानदार अनुभव गराउनेछ । आईसीई फम्र्याट भारतको दिल्ली एनसीआरमा दुई पीवीआर सिनेमा साइटका साथ सुरुवात भएको थियो । यो फर्म्याटको फिल्म अवतारः द वे अफ वाटर थिएटरमा लागिरहेको छ । अब पठान त्यसको तयारीमा छ’ उनले भनेका छन् । फिल्म जनवरी २५ मा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण