रैथाने बाली बचाउनु छ पातारासीका महिला उद्यमीलाई
स्थानीय रैथाने बालीको खेती विस्तार गर्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। स्थानीय रैथाने बालीले पहिचान दिने बालीको सरंक्षण हुने उनीहरूको भनाइ छ।
बिपीडब्लु नेपालले जुम्लाको पातारासी गाउँपालिकामा सञ्चालित कृषि तथा जडिबुटीमा आधारित उद्यमशील महिलाहरु र स्थानीय सरोकारवाला निकायबीच भएको दोहोरो सम्वादमा सहभागीले यस्तो बताएका हुन्। सिमी, ओखर, मार्सी चमाल, फलफूल र जडिबुटीको खेती बिस्तार गरि संरक्षण गर्न आवश्यक रहेको बताइएको छ।
एडब्लुएविई परियोजना अन्तर्गत परियोजनाले गरेको काम तथा क्रियाकलापहरुको बारेमा स्थानीय निकाय संग समुदायको व्यवहारलाई जागरूक बनाउने उद्देश्य रहेको छ। सम्वाद कार्यक्रममा कृषि तथा जडिबुटीमा आधारित उद्यमशील महिलाहरुको सहभागिता रहेको थियो। पातारासी गाउँपालिकामा पाँच वटा महिला समूह छन्।
मार्सी चामल समूह,जडिबुटी समूह,फलफूल समूह,सिमी समूह र ओखर समूहमा विभाजन गरिएको छ। उक्त सम्वाद कार्यक्रममा प्रति समूहबाट ५-५ जना महिला सहभागी भएका थिए। बिपीडब्लु नेपालको आर्थिक सहयोग तथा हिमालयन बहुउद्देश्यीय सहकारी संस्था जुम्लाको आयोजनामा दोहोरो सम्वाद गरिएको हिमालयन बहुउद्देश्यीय सहकारी संस्था जुम्लाका अध्यक्ष मयादत्त आचार्यले बताए।
उनले भन्ने जुम्लाको पातारासी गाउँपाललिका जडिबुटी र मार्सी धानको भण्डार क्षेत्रको मानिन्छ। तर त्यहा स्थानीयको उक्त खेती प्रति जागरूक देखिँदैन।
बजारमा पाइने खाद्यान्न खादा स्थानीय रैथाने बालीको महत्त्व घट्दै जाने र पहिचान मेटाउने काम भएको निचोड निकालिएको छ। यता उद्यमी महिला सुनमाया बोरोराले स्थानीय रैथाने बालीको खेतीपाती प्रति कसैको चासो नदेखिएको बताइन् ।
यता पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरी जुम्लाका अन्य स्थानीय तहभन्दा पातारासी गाउँपालिका हरेक क्षेत्रले सुसम्पन्न भएको बताउँछिन्। रैथाने बालीको खेतीपाती गर्ने हो,बालबालिकाको कुपोषण दर घट्ने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण