रक्तदान गर्नुस्, स्वस्थ रहनुस्
एउटा स्वस्थ मानिसले हरेक तीन महिनाको अन्तरालमा रक्तदान गर्नसक्छ । रक्तदानबाट जसरी यसको संकटमा परेका मानिसहरुलाई फाइदा पुग्छ त्यसरी नै रक्तदान गर्नेलाई पनि । एक व्यक्तीले गरेको रक्तदानबाट लगभग तीन व्यक्तीको ज्यान बच्न सक्छ । कति मानिसलाई लागेको हुन्छ कि रक्तदान गर्नाले कमजोर भइन्छ । तर वास्तविकता फरक छ । रक्तदानले शरिरमा नयाँ ब्लड सेल्स बनाउँछ जसले रक्तदान गर्नेलाई पनि स्वस्थ राख्छ । एक व्यक्तिको रक्तदानले तीन जनाको ज्यान बचाउन सकिन्छ । रक्तदानबाट हुने फाइदा यस्ता छन् :
क्यालोरी घटाउँछ
एक पटकको रक्तदानबाट मात्रै पनि लगभग ६ सय ५० किलो क्यालोरी नष्ट हुन्छ । यसले वजन नियन्त्रणमा ठूलो मदत गर्छ । हरेक तिन महिनामा रक्तदान गर्दा मानिस स्वस्थ रहन्छन् । तर त्यसका लागि पहिलो हेल्थ चेकअप, ब्लडमा हेमोग्लोबिनको मात्रा र आइरनको मात्रा चेक गर्नु जरुरी छ । तीन महिनाको अन्तराल अघि रक्तदान गर्नु राम्रो हुदैँन ।
मुटुको समस्याबाट टाढा राख्छ
हरेक तीन महिनामा रक्तदान गर्नाले शरिरमा रहेको आइरनको मात्रा नियन्त्रण गर्न सघाउ गर्छ । खासगरी पूरुष जसमा मुटुरोगको संभावना केही कम रहन्छ । शरिरको सञ्चालनका लागि आइरनको महत्वपूर्ण भूमिका रहन्छ तर यसको परिणाम धेरै हुदाँ अक्सीडेटिव ड्यामेज हुनसक्छ । जसका कारण एजिंग, हृदयघात र स्टोकको समस्या देखिन्छ ।
क्यान्सरबाट जोगाउँछ
शरिरमा आइरनको मात्रा धेरै हुनु क्यान्सरजस्तो बिरामीको कारण हुनसक्छ । यस्ता समस्याबाट बच्न समय समयमा रक्तदान जरुरी छ । अनुसन्धानले पनि यो कुरालाई मानेको छ कि रक्तदानले क्यान्सरको संभावनालाई शतप्रतिशत सम्म कम गर्छ ।
स्वास्थका लागि जरुरी
रक्तदानपछि शरिरमा नयाँ रगत बन्छ । यसले स्वास्थसँग जोडिएका थुप्रै समस्याहरुबाट टाढा राख्छ । रक्तदानले काँर्डियोवैस्कुलर स्वास्थको पनि नियन्त्रण गर्छ । रक्तदानका दौरान ब्लड प्रेसर, शरिरको तापक्रम , हेमोग्लोबिनजस्ता चेकअप गरिन्छ जसले शरिरको उतारचढावका बारेमा पनि जानकारी दिन्छन् र लामो समयसम्म स्वस्थ रहन सकिन्छ ।
आत्मसन्तुष्टी
रक्तदानपछि आफैँमा एक आत्मसन्तुष्टी विकास हुन्छ । आफैँलाई एउटा राम्रो काम गरेको अनुभव हुन्छ । कसैको जिन्दगी बचाउनु राम्रो काम हो । बिरामीको जरुरत हेरेर रगतलाई थुप्रै हिस्सामा बाँडिन्छ । साना बच्चाका लागि थुप्रै पटक रगतको जरुरी हुन्छ । त्यसैले आफ्नो खुसीसँगै अरुलाई समेत खुसी राख्न रक्तदान गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
-
प्रधानमन्त्री बालेन शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण