मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अपडेटः नारच्याङ पहिरोमा परि हराएका पाँच जना सम्पर्कमा

मङ्गलबार, ११ फागुन २०७२, १६ : २८
मङ्गलबार, ११ फागुन २०७२
म्याग्दी – अन्नपूर्ण र निलगिरी हिमालको बिचमा पर्ने म्याग्दीको नारच्याङ गाविस १ स्थित अन्नपूर्ण साउथ हिमालको फेदीमा पर्ने घलेम्दीमा भिषण सुख्खा पहिरो जाँदा हराएका पाँच जना सर्वसाधारण मंगलबार अपराहन्न सम्र्पकमा आएका छन् । सोमबार दिउँसो निगालो काट्न गएर राती पहिरो गएको क्षेत्रमै बास बसेका नारच्याङ ५ लेकगाउँका टकबहादुर थजाली, शेरबहादुर थजाली, डिलबहादुर थजाली, ६ का हुकुम पुन र ४ का टरबहादुर फगामी धुलोका कारण हराएका थिए । उनिहरुको खोजीमा गएको स्थानीयबासीको टोलीले सकुशल फेला पारेको घलेम्दी जलविद्युत आयोजनाका इन्जीयनिर बिष्णु थापाले जानकारी दिए । गतराती १२ बजेदेखि सुरु भएको पहिरो जाने क्रम अझै रोकीएको छैन् । पहिरोबाट निस्कीएको धुलोले नारच्याङ, दाना, भुरुङ तातोपानी, शिख, घार र दोवा गाविसको जनजिवन प्रभावित बनेको छ । पहिरो गएको ठाउँ वरपर धुलोले हिडडुल गर्न समस्या भएको छ । उद्धार र पहिरोको निरीक्षण गर्न गएको प्रहरी र नेपाली सेनाको टोली बाटो नहुँदा सम्बन्धित ठाउँमा पुग्न नसकेको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए । सिमा प्रहरी चौकी भुरुङ तातोपानी, दाना प्रहरी चौकी र नेपाली सेनाको नारच्याङ स्थित बेस क्याम्पबाट पहिरो गएको क्षेत्रमा जान हिडेको टोली निर्माणाधिन घलेम्दी जलविद्युत आयोजनाको बाँधमा पुगेर रोकीएको छ । रातीदेखि निरन्तर पहिरो गैरहेको र धुलोले छिमेकको घर पनि देख्न नसकिने अवस्था रहेको नारच्याङ स्थित प्रभा माविका प्रअ तेजबहादुर गुरुङले जानकारी दिए । धुलोका कारण सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घलेम्दी जलविद्युत आयोजनाका कामदारहरु रातीनै क्याम्प छाडेर नारच्याङ लेकगाउँमा गएर बसेका छन् । एक दिनका लागि आयोजनाको काम रोकीएको छ । प्रअ गुरुङका अनुसार उक्त स्थानमा करिब ४० वर्ष पहिले गएको पहिरोमा संयौ भेडाबाख्रा र गोठालाहरु पुरीएका थिए । हिमालको फेदीमा रहेको घटनास्थलमा मानव वस्ती छैन् । पहिरो गएको ठाउँ घलेम्दी खोलाको मुहानमा पर्छ । पहिरो गएलगत्तै राती केही समय घलेम्दीखोला थुनिएको थियो । अहिले घलेम्दीखोलामा सामान्य रुपमा बाक्लो लेदो सहितको पानी बगीरहेको नारच्याङ गाविसका सचिव दिर्घप्रसाद गौतमले बताए । गत बैशाखमा गएको भुकम्पका कारण चर्कीएको र खलबलीएको पहाडमा पहिरो गएको हुन सक्ने जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप