खुला मञ्चमा बेसमेन्ट पार्किङसँगै भूमिगत मार्ग निर्माण हुने
काठमाडौँ, । काठमाडौँको खुला मञ्चमा निर्माण हुन लागेको ‘बेसमेन्ट पार्किङ’सँगै जोडी भूमिगत मार्ग पनि निर्माण हुने भएको छ ।
यो देशकै ठूलो भूमिगत मार्ग हुनेछ । करिब एक महिनादेखि खुला मञ्चमा बेसमेन्ट पार्किङका लागि असम्भाव्यता अध्ययनको काम भइरहेको छ । सोही अध्ययनसँगै भूमिगत मार्ग निर्माणको अध्ययनको काम भइरहेको महानगरका सार्वजनिक–निजी साझेदारी कार्यक्रमका प्रमुख शिवराज अधिकारीले जानकारी दिए ।
खुला मञ्चदेखि नयाँ सडक, बागबजार तथा पुरानो बसपार्क छुने भूमिगत मार्ग निर्माण हुने छ । अधिकारीका अनुसार सर्वसाधारणले खुला मञ्चमा मोटर पार्किङ गरेर नयाँ सडक, बागबजार तथा बसपार्कसम्म जाने नागरिकलाई सहज होस् भन्ने उद्देश्यले सुरुङ मार्ग निर्माण गर्न लागिएको हो । पैदलयात्रीले पनि भूमिगत मार्ग प्रयोग गरेर ओहोरदोहोर गर्न सक्ने जनाइएको छ । काठमाडौँं उपत्यकाको पार्किङको समस्यालाई ध्यानमा राखी बेसमेन्ट पार्किङ बनाउन लागेको बताइएको छ । निर्माणपछि भूमिगत मार्ग दायाँबायाँको भाग भने व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न दिइने छ । बेसमेन्ट पार्किङको सम्भाव्यता अध्ययन भइरहेको छ । अबको एक महिनामा अध्ययनको परिणाम आउने छ । अध्ययनको जिम्मा नेस्ट प्रालिले लिएको छ । प्रतिवेदन प्राप्त भएपछि निर्माणका लागि बोलपत्र आह्वान गरिने बताइएको छ ।
अधिकारीका अनुसार ४८ रोपनी जग्गामा निर्माण गर्न लागिएको सो पार्किङस्थल दुई तलाको हुनेछ । अधिकारीका अनुसार सरकारले सहरी क्षेत्रमा पार्किङको व्यवस्थापन गर्ने नीति ल्याएसँगै बेसमेन्ट पार्किङ बनाउन लागिएको हो । खुलामञ्चमा पार्किङ स्थल बनेपछि बसपार्क, नयाँ सडक तथा जमलका सडकमा अव्यवस्थित सवारी पार्किङ गर्ने समस्या हट्ने विश्वास महानगरले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण