मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

धुलिखेलमा जग्गा प्लटिङ गर्न रोक

मङ्गलबार, ११ फागुन २०७२, १५ : २३
मङ्गलबार, ११ फागुन २०७२

बनेपा - धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रमा जथाभावी जग्गा प्लटिङ गर्न रोक लगाएको छ । नगरपालिकाभित्र जथाभावी जग्गा प्लटिङ गर्दा नगरको सौन्दर्य बिग्रनुका साथै खेतीयोग्य जमिन पनि नष्ट भएकाले जग्गा प्लटिङ रोकिएको हो । व्यापारिक प्रयोजनका लागि जथाभावी प्लटिङ गर्दा जग्गाको खण्डीकरण बढेकोले व्यक्तिगत रुपमा कसैले पनि प्लटिङ गर्न नपाउने धुलिखेल नगरपालिकाका कार्यकारी अधिकृत विश्वराज मरासिनीले बताए । “जथाभावी प्लटिङ हँुदा पूर्वाधार विकासमा समस्या देखिएको छ, सहरीकरणको योजनामा पनि असर पर्छ” उहाँले भन्नुभयो । नगरपालिकाले आगामी दुई वर्षभित्रमा सिटी टाउन प्लानिङ गर्ने तथा नगर यातायात गुरुयोजना तयार गरी सडकको विस्तारमा समेत जोड दिने भएको छ । संस्थागत रुपमा जग्गा प्लटिङको अनुमति लिन सक्ने मरासिनीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप