मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

यी हुन् संसारकै सबैभन्दा अभागी खेलाडी

मङ्गलबार, ११ फागुन २०७२, १५ : ४६
मङ्गलबार, ११ फागुन २०७२

मेलबर्न – न्युजिल्याण्डका खेलाडी स्टोर्म रोक्सलाई अहिले धेरैले विश्वकै अभागी खेलाडी भनिरहेका छन् । आइतबार खेलको दौरान अनौठो तरिकाले घाइते भएपछि उनलाई अभागी खेलाडीको संज्ञा दिइएको हो । अस्ट्रेलियाको ए लिग क्लब सेन्ट्रल कोस्ट मरिनर्सका डिफेन्डर स्टोर्म घाइते हुँदा एकैपटक शरीरका तीनवटा भागमा चोट लाग्न पुग्यो । आइतबार मेलबर्न सिटीविरुद्ध एआईएमआई पार्कमा भएको खेलमा एकैपटक उनको खुट्टा भाँचिएको छ, गोलिगाँठामा नराम्रो चोट लागेको छ भने काँध डिस्लोकेट भएको छ । घाइते भएपछि उनले अब बाँकी सिजन गुमाउनुपर्नेछ । सबैभन्दा रोचक कुरा उनी कुनै खेलाडीले फल हानेर होइन आफै लडेर शख्त घाइते बनेका हुन् । २३ वर्षीय स्टोर्मले विपक्षी खेलाडीको बल रोक्ने क्रममा निकै अप्ठ्यारो तरिकाले आफै मैदानमा लडेका थिए । उनी घाइते भएपछि खेल १० मिनेटसम्म रोकिएको थियो । आइतबार उनले मेलबर्न अस्पतालमा बिताएका थिए भने सोमबार सिड्नीमा उनको दाहिने खुट्टाको अप्रेसन गरिएको थियो । उक्त खेल मरिनर्सले ४–१ ले हार्न पुगेको थियो । यस सिजन २० खेलपछि मरिनर्स १२ अंकसहित अंकतालिको पुछारमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप