मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भरुवा बन्दुक सहित पक्राउ

मङ्गलबार, ११ फागुन २०७२, १६ : १५
मङ्गलबार, ११ फागुन २०७२

रुकुम  –भरुवा बन्दुक लगायतका हातहतियार सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । छिवांग ३ का वर्ष २० का प्रेम रोका र सोही वडाका वर्ष ४६ का मानसिह पुनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुले अवैध रुपमा हातहतियार घरमा लुकाई छिवाई राखेको विशेष सुचनाको आधारमा खानतलास गर्दा उक्त हतियार सहित पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक रुपेश खड्काले बताए । उनीहरुबाट १ थान बन्दुक, बारुद राखेको डिब्बा २ थान, सलाई १० थान, गोली जस्तो ढुंगा, फलामको नाल २ थान, फलामको गज १ फेला पारिएको हो । पक्राउ परेका मध्ये मानसिह पुनले जंगलको ओढारमा फेला पारेको बताए । आफुहरुलाई घरमा बन्दुक राख्दा कारबाही हुन्छ भन्ने थाहा नपाएकाले राखेको बताए । तर प्रहरी प्रमुख खड्काका अनुसार उनीहरुमा थप अनुसन्धान गरी खरखजाना ऐन २०१९ अनुसार कारबाही गरिने बताए । साथै गाउँमा घरमा कसैले लुकाईछिपाई अवैध हतियार राखेको भए तुरुन्त प्रहरी समक्ष बुझाउन पनि आग्रह गरिएको छ । अबैध रुपमा फेला परेमा कडा कारबाही गरिने प्रहरी नायव उपरिक्षक रुपेश खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप