प्रम ओलीबाट भुजमा भूकम्पपछिको पुनःनिर्माण अवलोकन (फोटोफिचर)
गुजरात - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजकीय भ्रमणको पाँचाँै दिन आज गुजरात प्रान्तको भुजस्थित भीमासागर क्षेत्रमा भूकम्पपछिको पुनःनिर्माण र नयाँ बस्ती विकास क्षेत्रको अवलोकन गरेका छन् ।
दुई वर्षअघि र सन् २००१ मा सो क्षेत्रमा गएका भूकम्पबाट भएको क्षति र पुनःनिर्माणको जानकारी लिन प्रधानमन्त्री यहाँ आइपुगेका हुन् ।
प्रधानमन्त्रीका साथ भ्रमण दलका अन्य सदस्य पनि सहभागी थिए । प्रधानमन्त्री ओलीसमक्ष सो प्रदेशका गभर्नर ओपी कोह्लीलगायतले पुनःनिर्माण कार्यक्रमबारे अवगत गराएका थिए ।
सो क्षेत्रमा विपद् व्यवस्थापन समिति र पुनःनिर्माण प्राधिकरणले गरेका कार्यबाट विगतको भन्दा राम्रो विकास निर्माण भएको पाइएको छ । स्थानीय अधिकारीका अनुसार नयाँ जग्गा वितरण गरी बस्ती निर्माण, उद्योग कलकारखानाको निर्माण, वैदेशिक सहयोग परिचालन, शिक्षालय, स्वास्थ्य केन्द्र, भूकम्पमापन केन्द्र, पुस्तकालय आदिको निर्माण गरिएको छ ।
नेपालमा पनि गत वैशाख १२ मा भूकम्प गएपछि पुनःनिर्माणको क्रम चलिरहेका बेला सरकारका विभिन्न मन्त्री, सांसद्, मुख्य सचिव, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसहितको टोली सो क्षेत्रमा पुगेको हो । प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले भुजको पुनःनिर्माण तुलनात्मकरुपमा चाँडो भएको पाइएबाट नेपालले पनि पाठ सिक्न सक्ने बताए ।
सन् २००१ मा भुजको कुच जिल्लामा ७.९ म्याग्निच्युडको भूकम्पबाट १८ हजार छ सय मानिसको मृत्यु भएको थियो ।
यसअघि, प्रधानमन्त्री ओलीलाई भुज विमानस्थलदेखि स्थानीय रिजेन्ता रिसोर्टसम्म पंक्तिबद्ध राजनीतिक कार्यकर्ता, जनता र विद्यार्थीद्वारा विभिन्न झाँकी, नृत्य, खादा र पुष्पाहारबाट भव्य स्वागत गरिएको थियो ।
गुजरात प्रस्थान गर्नुअघि ओलीलाई भारतीय आयुष राज्यमन्त्री श्रीपद् यश्व नायकले नयाँ दिल्लीको सैनिक विमानस्थलमा विदाई गरेका थिए । प्रधानमन्त्री ओली आजै साँझ भारतको मुम्बई सहर पुग्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण